यूएनएफपिएद्धारा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रजनन स्वास्थ किट हस्तान्तरण

स्वास्थ्यसमाचार /कोभिड १९ को परिपेक्षमा प्रजनन स्वास्थ्य सेवाको निरन्तरता लागि यूएनएफपिए (UNFPA) बुटवल कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको माग अनुसार प्रजनन स्वास्थ्य किटहरु उपलब्ध गराएको छ।

प्रजनन सेवा , प्रसुती सेवा संचालन गर्नकोलागी प्रजनन स्वास्थ्य किटहरु (RH kit 3, RH kit 6B, RH kit 8, RH kit 9) उपलब्ध गराएको छ। UNFPA बुटवल कार्यालयका प्रमुख राम थापाले उक्त सामग्रीहरु लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनाललाई हस्तान्तरण गरेका छन ।

हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई , प्रसुती बिभाग प्रमुख डा. श्रीधर आचार्य , अस्पताल स्टोरका इन्चार्ज तथा अन्य स्वास्थ्यकर्मी र UNFPA का टिमको उपस्थिति रहेको थियो। UNFPA का एडभाइजर रस्मिता पौडेलले हालको परिस्थितिमा पनि प्रसुती तथा प्रजनन स्वास्थ्य सेवाको निरन्तरताका लागि लुम्बिनी प्रादेशिक अस्पतालले देखाएको प्रतिबद्धता सराहनीय रहेको बताए।उपलब्ध गराएका स्वास्थ्य सामग्री RH kit हरुले सेवा प्रवाहमा अझ सहयोग पुग्ने  बताए। ।

अस्पतालका मेसु डा. खनालले उक्त सामग्रीहरुले अस्पतालको गुणस्तरीय सेवा सं~चालनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउदै सहयोगको लागि UNFPA लाई धन्यवाद व्यक्त व्यक्त गरे ।

सम्बन्धित शिर्षक :