बुटवलमा सर्पदंश सम्वन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मंगलवारदेखि बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा सर्पदंश सम्वन्धी तालिम सुरु भएको छ ।

तालिमको एक कार्यक्रमका बिच सामाजीक बिकास मन्त्री सुदर्शन बरालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सर्पदंशको केसमा प्राथमिक उपचार नपाउदा मृत्यु हुने विरामीको संख्या वढि रहेको वताए ।

उनले सर्पदंश सम्वन्धी ग्रामिण क्षेत्रमा जनचेतना जगाउन आवश्यक रहेको समेत बताए । खास गरी तराईका जिल्लामा वर्षादको समयमा सर्पदंशका केशहरु वढि आउने हुदा स्वास्थ्य केन्द्र, सर्पदंश उपचारकेन्द्र तथा अस्पतालहरुमा हुदा एन्टीभेनम लगायतका औषधीको कमी हुन नदिने मन्त्री बरालले बताए ।

उनलेसाधारण अम्बु ब्यागको अभावमा विरामीको मृत्यु हुने अवस्था आउन नदिन स्वास्थ्य प्रशासकहरुलाई निर्देशन समेत दिएका थिए ।प्रदेश ५तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले प्रदेश भरका ५२ जना स्वास्थ्यकर्मीलाई तालिम दिने लागेको वताए ।

सम्बन्धित शिर्षक :