रोटरी क्लव अफ बुटवलले क्यान्सर स्क्रिनिङ सेन्टर सहित ४ परियोजना संञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२०/२१ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् । रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, आम्दा अस्पताल बुटवलमा अक्सिजन…

स्वास्थ्य अनुसन्धान परिषद्ले भन्यो–रेम्डेसिभिर कोभिड उपचारका लागि ठिक

स्वास्थ्यसमाचार /देशभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा गम्भीर बिरामीको बढेको चाप छ । तर, संक्रमण फैलिएको लामो समय बितिसक्दा यसको उपचार पद्धति पत्ता लागको छैन भने जसका कारण विश्व नै चिन्तित बनेको अवस्था छ । यस्तो अवस्थामा कोभिड—१९ का गम्भीर बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा रेम्डेसिभिर औषधि र प्जाज्मा थेरापी विधिबाट उपचार गरिँदै आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीमार्फत उपचार गर्दा ४ दशमलव ८ प्रतिशतलाई मात्रै साइड इफेक्ट भएको पाइएको बताएको छ । कोभिड–१९ संक्रमितको उपचारका लागि रेम्डेसिभिरलाई…

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताउनुभयो । उहाँले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने वताए । कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश–२०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका…

लुम्बिनी प्रादेशिक अस्पतालमा औषधी तथा विरामी सुरक्षा युनिट उद्घाटन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा औषधि तथा विरामी सुरक्षा युनिट स्थापना भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डन डा राजेन्द्र खनालले रिवन काटेर यो युनिटको उद्घाघाटन गरे। यस्तो युनिट सरकारी अस्पतालमा नेपालमै पहिलो हो । विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर यो युनिट स्थापना गरिएको हो । यो युनिटमा औषधिको प्रयोग कसरी गर्ने, औषधिले साइड इफेक्ट गर्छ या गर्दैन, एकै पटक धेरै औषधि एकै पटक खादा त्यसको असर के हुन सक्छ तथा औषधि कसरी सेवन गर्ने विषयमा परामर्श दिने गरिन्छ । प्रादेशिक अस्पतालका क्लिनिकल फर्माकोलोजिष्ट डा बिजय भण्डारीले यो युनिटमा सेवा प्रदान…

सरकारी तथा निजी प्रयोगशाला पिसिआर परीक्षण शुल्क २ हजार

स्वास्थ्यसमाचार /सरकारले सबै अस्पतालमा पिसिआर परीक्षणको शुल्क घटाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको वताए । देभभर ११ निजीसहित ४७ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सःशुल्क कोरोना परीक्षण हुन्छ। कन्ट्याक्ट…

गौतमबुद्ध मुटु अस्पतालले ४ सय २६ मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा गरिदिने

स्वास्थ्यसमाचार / बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई केहि भएपनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए ।…

कोरोनाको कारण देखाउदै रुपन्देहीका ५ पालिकामा नियमिति खोप बन्द

स्वास्थ्यसमाचार / रुपन्देहीका पाँच स्थानीय निकायले संघिय र प्रदेश सरकारको निर्णय उल्घन गरि आफनो निर्णय लागु गरि बालबालिको खोपलगाउने अधिकारलाई बञ्चीत गराएका छन। संघिय सरकार र प्रदेश सकारले वालबालिका लाई खोप लगाउने कार्यलाई निरन्तरता दिन सबै जिल्ला स्थानिय र नगर लाई परिपत्र गरेको थियो । सरकारको परिपत्रलाई उल्लघन गदै रुपन्देहीका ५पालिका तिलोत्तमा नगरपालिका सैनामैना नगरपालिका कञ्चन गाउँपालिका ओमशतिया गाउँपालिका र रोहणी गाउँपालिका ले खोप सेवा बन्द गरेका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार तिनगरपालिका गाउँपालिका लाई खोप नरोक्न आग्रह गर्दा समेत गाउँपालिकाले नमानी आफनो निर्णय गरेर बन्द गरेको जनाएको…

बुटबलका सर्जिकल पसलहरुमा कालोबजारी मुल्य भन्दा ५ गुणा बढी शुल्क

स्वास्थ्यसमाचार/ बुटवलका सर्जिकल पसलहरुमा आइतवार अनुगमन गरिएको छ । कोरोना महामारी फैलिएसंगै मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सुरक्षाका सामग्रीहरुको चर्को मूल्य लिने गरेको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको हो । औषधी तथा अस्पतालजन्य वस्तुका सप्लायर्सहरुले मास्क तथा सेनिटाइजरको चर्को मूल्य लिनुका साथै कृतिम अभावसमेत श्रृजना गर्न थालेपछि अनुगमन गरिएको हो । उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा सर्जिकल सप्लायर्सहरुले सामानमा चर्को मूल्य लिने गरिएको पाइएको थियो । अनुगमन समितिले बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गरेको थियो । त्यस्तै केहि औषधी…

रुपन्देहीमा कोरोना निको पार्ने आयूर्वेद औषधी बन्यो, १सय ३८ संक्रमित निको भएको दावी

स्वास्थ्यसमाचार /भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए । डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका…

बुटवलमा सर्पदंश सम्वन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मंगलवारदेखि बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा सर्पदंश सम्वन्धी तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमका बिच सामाजीक बिकास मन्त्री सुदर्शन बरालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सर्पदंशको केसमा प्राथमिक उपचार नपाउदा मृत्यु हुने विरामीको संख्या वढि रहेको वताए । उनले सर्पदंश सम्वन्धी ग्रामिण क्षेत्रमा जनचेतना जगाउन आवश्यक रहेको समेत बताए । खास गरी तराईका जिल्लामा वर्षादको समयमा सर्पदंशका केशहरु वढि आउने हुदा स्वास्थ्य केन्द्र, सर्पदंश उपचारकेन्द्र तथा अस्पतालहरुमा हुदा एन्टीभेनम लगायतका औषधीको कमी हुन नदिने मन्त्री बरालले बताए । उनलेसाधारण…