लुम्बिनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी एवं आरोग्य दिवस मनाइयो

स्वास्थ्यसमाचार /प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस लुम्बिनी आयुर्वेद चिकित्सालयमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समितिको आयोजनामा वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाइएको हो।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समिति शिब ज्ञाबलीको अध्यक्षता लुम्बिनी प्रदेश…

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (RAAN) रुपन्देहीको भेला सम्पन्न

स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल (RAAN) रुपन्देहीको प्रथम जिल्ला भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्जार्च शालिकराम भुसालको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा पुष्पराज पौडेलको प्रमुख आतिथ्य तथा तिलोत्तमा नगरपालिका वडा ५का वडा अध्यक्ष रमेश डुर्मेको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको उदघाटन महाशाखा प्रमुख पौडेलले गर्नु भएको थियो। उक्त भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरेले बोल्दै आयुर्वेद उपचार पद्धति…

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल रुपन्देहीको अध्यक्षमा कार्की

स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रुपन्देहीको जिल्ला तदर्थ समिति  गठन भएको छ। तदर्थ समितिको अध्यक्षमा दिपक कार्की उपाध्यक्षमा जिवन पोखरेल सचिब मधुप्रसाद पन्थी कोषाध्यक्षमा अनुपा आर्चाय र सदस्यमा यमलाल भुसाल,अम्बिका आर्चाय,प्रान्सु ढकाल मनोज कुमार जोसी र सुनिता राना रहेका छन। भने सल्लाहकारमा  समितिको सल्लाहकारमा डा प्रवेश श्रीवास्तव र नारायण सापकोटा रहेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका उपाध्यक्ष शालिकराम भुसालले बताए। प्रथम जिल्ला भेलाको उदघाटन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा पुष्पराज पौडेलले गरेका थिए ।

राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल गण्डकी प्रदेशको प्रथम भेला सम्पन्न

स्वास्थ्यसमाचार/  राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल गण्डकी प्रदेश र कास्की जिल्ला को संयुक्त आयोजनामामा प्रथम भेला तथा आयुर्वेद जेष्ठ नागरिक सम्मान तथा २०७९ तथा विजयादशमी , शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रादन सम्पन्न भएको छ। डाप्रफुल्ल चन्द्र यादव ज्यू को संयोजकता ,डा प्रेम किशोर मिश्रको अध्यक्षता एबम गण्डकी प्रदेश का अर्थ मन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्य र केन्द्रिय अध्यक्ष श्री जगत बहादुर भट्टराई को विशिष्ट आतिथ्यमा , भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । डा लक्ष्मी कान्त चापागाईं डा गोपि नाथ पौड्याल ,डा अनिल थापा , डा…

नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनीको अध्यक्षमा: पुन बस्नेत

स्वास्थ्यसमाचार / नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोश्रो अधिबेशनबाट पुनःअध्यक्षमा देव बस्नेत निर्वाचित भएका छन। आज सम्पन्न भएको दोस्रो अधिवेशनबाट उपाध्यक्ष बाबुराम खनाल,महिला उपाध्यक्ष वन्दना अर्याल सचिव झबिन्द्र प्रसाद पौडेल सह सचिब हेमराज पन्त कोषाध्यक्षमा भास्कर देवकोटा रहेका छन। सदस्यहरुमा अर्जुन गौतम,एम एम रजा (मधेशी) सुरेन्द्र पाण्डे (महिला) निर्मला पाण्डे र दीपक पन्थी सदस्य रहेको राष्ट्रिय आयुर्वेद एसोशियसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए । ।

डेंगु ज्वरो: लक्षण, रोकथाम र घरेलु उपचार

हाम्रा घर, गाउँ, छिमेक, कार्य क्षेत्रमा आफन्त, छिमेकीहरु, साथीभाइहरु, विद्यार्थीहरु डेंगु भएर उपचार गराइरहनुभएको र आराम गरिरहनुभएको अनि उहाँहरुको डेंगु ज्वरोबाट प्रभावित हुँदाका अनुभव पनि सुनिरहेका छौं । सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ । सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु,…

रजहरमा रहेको प्राकृतिक चिकित्सालय शिक्षण अस्पताल बन्दै

स्वास्थ्यसमाचार/ पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक कारणले एक सय २० लाई नियमित सेवा दिन सकिने अवस्था रहेको…

स्वास्थ्य मन्त्री थारुद्धारा प्रोटेवल अल्ट्रसाउण्ड मेसिन हस्तान्तरण

स्वास्थ्यसमाचार / प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भावस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले पालिका स्तरमा अल्ट्रासाउण्ड कार्यक्रम लागू गरेको छ । मङ्गलवार गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकिले आयोजना गरेको एकिकृत स्वास्थ्य तथा सरसफाई कार्यक्रमअन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड उद्धघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले बाल मृत्यु दर र मातृ मृत्यु दर घटाउन र अनिवार्य स्वास्थ्य सेवाको रुपमा रहेको सुरक्षित मातृत्व कार्यक्रमलाई लुम्बिनी प्रदेशमा प्रभावकारी बनाउनका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम लागू गरिएको बताए । उनले यो प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका गर्भवती…

लुम्बिनी प्रादेशिक अस्पताल संयुक्त ट्रेड युनियन कर्मचारीद्धारा संघीय निजामती सेवा ऐन जारी गर्न माग

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत संयुक्त ट्रेड युनियन आवद्ध स्वास्थ्यकर्मीहरुले निजामती ऐन छिटो ल्याउनुपर्ने माग गरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरुले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी दवाव दिने उदेस्यले कालोपट्टी बाँधेर बिरोध जनाएका हुन। नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशीक अस्पताल प्रारम्भिक कमिटीकी अध्यक्ष सिता खनालले निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने वताईन । नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीका अध्यक्ष भिम प्रसाद ज्ञवालीले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी गर्नु पर्ने बताए।उनले सरकारले…

तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण

स्वास्थ्यसमाचार/तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष नगरपालिका भित्रका स्वास्थ्यकर्मि सरोकारवाहरु लाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए। उनले आईतबारदेखी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए। तिलोत्तमाका वडा नं १,२,३,४,६ र ७मा जोखीम क्षेत्र भएकाले आईतबार वडा जनप्रतिनिधि स्वास्थ्यकर्मी…