स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयले १७औ वार्षिक उत्सवको अबसरमा जनचेतनामुलक कार्यक्रम गरेको छ। तिलोत्तमा नगरपालिका वडा नं ९को तुल्सीपुर टोलमा जनचेतना मुलक कार्यक्रममा गरिएको थियो । तुल्सीपुर आमा समुहकी अध्यक्ष शकुन्तला थापाको अध्यक्षता वडा अध्यक्ष धुर्ब न्यौपाने प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालले वोल्दै आयुर्वेद ,आहार ,बिहार , दिन चर्य ऋतुचर्य पालना गर्नुपर्ने बताउनु भयो उहाले पहिलो हस्पिटल हाम्रो भान्सा र पहिलो डाक्टर हाम्रो आमा दिदीबहिनी ,भान्सामा काम गर्ने हो नेपालमा अहिले नसर्ने रोगको कारणले ७२% मानिसको मृत्यु भैरहेको छ नसर्ने रोग भान्सा सुधार देखि आयुर्वेद उपचार ,पद्धति उपचार पछिको परिणाम को महत्वपुर्ण भुमिका हुने बताउनु भयो । उहाले पाइल्स,फिसर ,फिस्टुलाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ अधिकृत लक्ष्मी घिमिरेले वोल्दै ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाको बृहत् रुपमा पोषण लेखाजोखा परिक्षण कार्यक्रम रहेको जानकारी गराउनु भयो। यस्तै उहाले माघ ९; गते सन्तानको रहर पूरा गरेका दम्पतीहरूका लागी परिवार नियोजन नि शुल्क घुम्ती शिबिर कार्यक्रम हुन गइरहेको जानकारी गराउदै नजिकको स्वास्थ्य संस्थाबाट लाभलिन आग्रह गर्नु भयो।
स्थानीय समाज सेबि हरिबहादुर थापाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो २ दिन सम्म भएको कार्यक्रममा ५० जना बढीको सहभागीता रहेको सञ्चालन भुसालले बताउनु भयो। भोलि पुस २५ र २६ गते १७औ वार्षिक उत्सवको अबसरमा निशुल्क स्वास्थ्य शिबिर हुने भएकोले सबैले लाभलिनुहुन सञ्चालनले आग्रह गर्नु भएको छ।
प्रतिकया दिनुहोस्