लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवाबाट ८हजारले लिए सेवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवाबाट आर्थिक बर्ष २०८० /० ८१मा ७हजार ६सय बढी बिरामीले सेवा लिएका छन।

सामाजिक सेवाईकाई को तथ्याङक अन्सार २०८० / ०८१मा ७ हजार ६९७ जनाले सेवा लिएका छन अति गरिब ८ सय २ जना महिला, १ हजार ७४ जना पुरुष, अपाङ्गता भएका ४७ जना महिला, ७९ जना पुरुष असहाय ६६जना महिला १ सय २३ जना पुरुष, कुपोषित बालबालिका २६ जना बालिका ३९ जना बालक, लैगिंक हिंसामा १ जना महिला, थुनुवा ३ जना महिला ३१ जना पुरुष महिला स्वास्थ्य स्वयंसेविका ७ जनाले सेवा लिएका हुन ।

सामाजिक सेबा ईकाई प्रमुख नेत्र प्रसाद आर्चायका अनुसार यो ईकाईबाट ७हजार ६सय ९७ जना सेवाग्राहीले३ करोड १७ लाख बराबरको निःशुल्क स्वास्थ्य सेवा लिएको बताउनु भयो।

सेवा लिनेहरूमा अति गरिब ८ सय २ जना महिला, १ हजार ७४ जना पुरुष, अपाङ्गता भएका ४७ जना महिला, ७९ जना पुरुष असहाय ६६जना महिला १ सय २३ जना पुरुष, कुपोषित बालबालिका २६ जना बालिका ३९ जना बालक, लैगिंक हिंसामा १ जना महिला, थुनुवा ३ जना महिला ३१ जना पुरुष महिला स्वास्थ्य स्वयंसेविका ७ जनाले सेवा लिएका उहाँको भनाई छ।

आर्चायले संघबाट आउने बजेट कटौतीले समस्या सृजना हुने भन्दै त्यसका लागि विकल्पहरू तयार गर्न आवश्यक रहेको वताउनु भयो ।सामाजिक सेवा ईकाई सञ्चालनका लागि संघबाट ९० लाख बजेट आएको थियो । यो वर्ष घटेर जम्मा १० लाख रुपैयाँमा आएको उहाँको भनाई छ

अस्पतालको सेवाईकाईबाट अति गरिबलाई सय प्रतिशत छुट, ६० देखि ७० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट, ८० वर्ष माथिका जेष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ ।

बिरामीले सामाजिक ईकाई को सेवाका लागि तत्कालका लागि सम्बन्धित चिकित्सकको सिफारिस र त्यसपछि पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतको आवश्यक कागजपत्रहरू पेश आबश्यक पर्ने उहाले बताउनु भयो ।लुम्बिनी प्रादेशिक अस्पतालमा सामाजिक सेवा इकाईले २४ घन्टा नै सेवा दिँदै आएको प्रमुख आचार्यले जानकारी गराउनु भयो।

सम्बन्धित शिर्षक :