डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने

डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । बुधबार मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बसेको विभाग, संंघीय अस्पताल, महाशाखा, केन्द्र, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजका प्रमुखहरुसँगको बैठकले सो निर्णय गरेको हो ।

बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै, कार्यालय र अस्पताल परिसरमा हरेक शुक्रबार सरसफाइका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित शिर्षक :