प्युठान स्वास्थ्य कार्यलयको निशुल्क स्वास्थ्य शिबिर १५४ जनाको परिक्षण

स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यालय प्युठानले आयोजना गरेको ४० बर्ष माथिका उमेर समुहका व्यक्तिहरुको निशुल्क स्वास्थ्य परीक्षणमा १५४ जनाले सेवा लिएका छन् । प्रजातन्त्र दिवसको अबसरमा निशुल्क रुपमा आयोजना गरिएको सुगर,प्रेसर तथा मृगौला चेक जाँचमा १०८ जना पुरुष र ४६ जना महिलाले स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । जिल्ला समन्वय समिति प्युठानको प्राङ्गण र प्युठान नगरपालिका ४, बिजुवार स्थित मित्रमणि चोकमा सम्पन्न गरिएको स्वास्थ्य चेक जाँचमा ११ जनामा सुगरको समस्या, २९ जनामा ब्लड प्रेसर तथा ८ जनामा पिसाब अर्थात मृगौला सम्बन्धी समस्या देखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जानकारी…

शुद्धोधन गाउँपालिकाका निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजनामा मानपकडी स्वाथ्य चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ । शिविरको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक ३२५ डिष्ट्रिक गर्भनर अर्जुनमान सैंजुले लायन्स क्लवले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका थिए । कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्लवले गाउँमा राम्रो काम गरेको बताएका थिए । कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष ध्रुब…

तिलोत्तमामा ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/तिलोत्तमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अपाङ्गता ज्येष्ठ नागरिकको घर दैलोमै  स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरिएको छ। नगरपालिका १७ बटा वडा बाट यस्तो सेवा सुरु गरिएको  तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुने भएकाले उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न यो  गरि नगरपालिकाले १७ बटै वडा वाट कार्यक्रमको सुरु गरिएको बताउनु भयो।’ कार्यक्रम अन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफलहरू पनि सञ्चालन गरिएको उहाले बताउनु भयो।‘ अपाङ्गता र ज्येष्ठ नागरिकहरु स्वास्थ्य…

बुटवल १७ मोतीपुरमा निःशुल्क स्वास्थ्य शिबिर

हरिश ढकाल स्वास्थ्यसमाचार/ स्थानिय स्तरमा आम जनताका लागि स्वास्थ्य सेवा प्रबद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिका १७   मोतीपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलमा सम्पन्न सो निःशुल्क स्वास्थ्य शिविरमा झण्डै १ हजार जनाले सेवा प्राप्त गरेका छन् । बुटवल १७ मोतिपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलको रजत महोत्सव अर्थात २५ औं बार्षिक उत्सवका अवसरमा ढकाल समाज प्रतिष्ठान र सामुदायिक सिकाई केन्द्रको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावकहरुलाई लक्षित गरि संचालन गरिएको सो निशुल्क स्वास्थ्य…

केन्द्रीय महिला सुधारगृहमा ३ सय महिलाको क्यान्सर स्क्रिनिड

स्वास्थ्यसमाचार/लायन्स क्लब अफ काठमाण्डौ युगदर्पणको पहलमा ९ वटा लायन्स क्लबहरु रहेको लायन्स अन्तर्राष्ट्रिय, जिल्ला ३२५ जे नेपालले केन्द्रीय कारागार अस्पतालको ब्यवस्थापन र सहजीकरणमा कारागार कार्यालय जगन्नाथदेवलमा रहेको महिला सुधार गृहमा क्यान्सर स्क्रिनिड शिविर शिविर संचालन भएको छ। ३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिड,आधारभुत औषधि बितरण तथा परामर्श सेवा प्रदान गरिएको छ। सुधारगृहमा रहेका महिलाहरुलाई ब्यक्तिगत सरसफाईका बारेमा सचेत गराउदै अस्पतालमा बिरामी भएपछि मात्रै जाने नभई स्वस्थताको प्रमाण लिन पनि जान र आउन प्रोत्साहन गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले…

भूकम्प प्रभावित रुकुम पश्चिममा घुम्ती स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिमको सात अलग अलग ठाउँमा घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।गत १३ पुस देखि सञ्चालित शिविरका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र तथा जिल्ला स्थित प्रादेशिक स्वास्थ्य सेवा कार्यालयहरुले स्थानीय निकायसंग समन्वय गरेका थिए । उक्त शिविरलाई क्यानेडियन रेडक्रस र नेपाल रेडक्रसको सहयोग थियो ।शिविरमा सामान्य चेक जाँच,आकस्मिक सेवा,मनोसामाजिक परामर्श,परिवार नियोजन सेवा,औषधी बितरण तथा परामर्श सेवाप्रदान गरिएको थियो । शिविरमा पाठेघरको समस्या,छालाको रोग,आ“खा सम्बन्धी र ग्याष्ट्रिकको समस्या बढी पाईएको नेपाल रेडक्रसकी टोली प्रमुख यशोदा पोखरेलले बताईन् ।शिविरमा आठबीस नगरपालिकाको वडा नम्बर…

विवाह खर्च कटाएर गाउँमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार /गुल्मीमा एक पत्रकारले विवाह खर्च कटाएर गाउँमा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँका मोहन बस्नेतले स्वास्थ्य शिविरको आयोजना गरि स्थानीयलाई सेवा प्रदान गर्नुभएको हो । युट्युबर बस्नेतले पछिल्लो समयको भड्किलो बिबाहलाई निरुत्साहित र समाजलाई सकारात्मक सन्देश दिनको लागि आफ्नै गाउँको भाडगाउँ माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको बताउनु भयो । बस्नेतले मंङ्सिर १३ गते सरु आचार्यसँग विवाह गर्नुभएको हो । उहाँहरु दुवै जनाले भड्किलो बिबाह होईन, त्यसको सट्टा मानवीय सेवा गरौं भन्ने उद्देश्य राखेको बताउनुभयो । उहाँको आफ्नै युट्युब च्यानल नेपाल अपडेट…

एमाले स्वास्थ्य विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

स्वास्थ्य समाचार/ स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे । अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा एमाले रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे । सो…

ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर, ५सयले गराए निःशुल्क जाँच

स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल र ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक लक्षित बृहत स्वास्थ्य शिविर गरिएको छ । श्रृुंगेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा आयोजित शिविरमा करिव ५०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको क्लवका अध्यक्ष करुण खनालले जानकारी दिए । शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग पुर्याएको थियो । शिविर सञ्चालनका लागि इनरह्वील क्लव अफ तिलोत्तमा, इनरह्वील क्लव अफ मिडटाउन, रोट¥याक्ट क्लवग अफ बुटवल, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य, रोट¥याक्ट क्लव अफ केआइसी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुरपन्देही शाखा र नेपाल मगर महिला संघ बुटवलले सहआयोजककोे भूमिका निर्वाह…