सुनचाँदी व्यवसायीद्वारा रक्तदानसहित आखा, मृगौला र मधुमेह परिक्षण

स्वास्थ्यसमाचार/बुटवल सुनचादी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेकोछ ।

कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले सबैको विकासका लागि सामु्हिक भावनाको विकास हुने जरुरी रहेको बताउदै स्थानिय सरकारले व्यवसायीहरुसंगको सहकार्यमा उनैहरुको हितमा सधै काम गर्ने जनाउनु भयो ।

उहाले सुनचादी व्यवसायमा रहेको नेपाली महिला कालिगढको अभावलाई पुरा गर्न शिपविकासको तालिम सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यस प्रकारको तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं संघका सस्थापक अध्यक्ष दिपक कुमार विकले सुनचादी व्यवसायीहरु व्यवसायीक नाफा नोक्सानमा मात्र सिमित नभएर सामाजिक काममा पनि सरिक हुने गरेको बताउदै व्यवसायमा देखिएका समस्याहरुलाई समाधान गर्न व्यवसायीक एकतामा जोड दिनु भयो ।

महासंघका निर्वतमान उपाध्यक्ष जोगलाल विकले व्यवसायको प्रवद्र्धनमा व्यवसायीहरुको सहकार्य र सहअस्तित्वलाई सधै अगाडी राखेर काम गर्न सबैलाई आग्रह गर्नु भयो । संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन तथा सहसचिव कृष्ण सुनारको स्वागतमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुनिता खड्लुक, संघका प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, संघका पूर्व जिल्ला उपाध्यक्ष एसरत्न वज्राचार्य लगायत बोल्नु भएको थियो ।

संघले आफ्ना व्यवसायी, कालिगढ तथा अन्यलाई लक्ष्ति गरि सो कार्यक्रम आयोजना गरेको जनाएको छ । सो अवसरमा ६० युनिट रगत संकलन भएको थियो भने १ सय भन्दा बढीले निशुल्क स्वाश्थ्य परिक्षण गरेको सचिव चुरामणी विकले बताउनु भयो । कार्यक्रममा केपिएल डाइग्नोसिष्ट, बुटवलले प्याकेजमा सहयोग प्रदान गरेको थियो ।

सम्बन्धित शिर्षक :