स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा खोप- तथा कोल्डचेन ब्यबस्थापन सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ।
कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय बुटबलमा सम्पन्न तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट २४ जनाको सहभागी रहेको थियो ।
तालिममा खोप तथा औषधि भण्डारणमा अत्यन्त संवेदनशील मानिने कोल्डचेन व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
विशेषगरी पालिकास्तरमा कोल्डचेन उपकरण कसरी राख्ने, सञ्चालन र समान्य रुपमा मर्मतसम्भार गर्ने, तापक्रम व्यवस्थापन, अभिलेख राख्ने प्रणाली तथा जोखिम न्यूनीकरणका विषयमा प्रशिक्षण दिइएको आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डा राजेन्द्र गिरीले बताउनु भयो ।
उहाले जिल्ला र स्थानियतहमा कार्यरत कोल्डचेन फोकल प्रर्शनहरु सहभागी रहेको बताउनु भयो । उहाले यो तालिमको लागी स्वास्थ्य तालिम केन्द्र र युनिसेफबाट समेत सहयोग रहेको समेत बताउनु भयो ।
तालिम समापन कार्यक्रम समारोहमा वोल्दै कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयकी निमित्त प्रमुख अजिता शर्मा ज्ञवालीले प्राविधिक सीप र व्यवहारिक ज्ञानलाई एकसाथ जोडेर तालिम सञ्चालन गरिएको वताउनु भयो ।
स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुबरले कोल्डचेन व्यवस्थापन स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताउँदै यस्ता तालिमले पालिकास्तरको सेवा गुणस्तर सुधारमा ठोस योगदान पु¥याउने वताउनु भयो । उहाले यो खोप लैजाने लाई समेत १ दिनको भएपनि तालिम दिनु पर्ने बताउनु भयो ।
समापन समारोहमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्रकुमार गिरीले खोप तथा जीवनरक्षक औषधिको प्रभावकारिता कोल्डचेन व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो।उहाले “कोल्डचेन कमजोर भए खोपको गुणस्तरमा असर पर्छ त्यसैले दक्ष जनशक्ति उत्पादन र नियमित तालिम आबश्यकता देखिएकोले संञ्चालन गरिएको बताउनु भयो ।”
डा गिरीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि यसको प्राविधिक पक्ष, कोल्डचेन व्यवस्थापन, खोपको गुणस्तर र स्वास्थ्य आपूर्ति प्रणालीबारे पर्याप्त बुझाइ नहुँदा कार्यान्वयनमा चुनौती देखिने गरेको वताउनु भयो ।
आयोजकका अनुसार लुम्बिनी प्रदेशमा पहिलोपटक बृहत् रूपमा कोल्डचेनसम्बन्धी तालिम सञ्चालन गरिएको बताईएको छ । कार्यक्रमको सञ्चालन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका मरिचमान श्रेष्ठले गर्नुभएको थियो।

प्रतिकया दिनुहोस्