स्वास्थ्यसमाचार/ प्रहरीले डा.निकोलस भुसाललाई पक्राउ गरेको छ। जेनजी आन्दोलनका माग पूरा नभएको भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका भुसालसहित तीन जनालाई पक्राउ गरिएको हो । काठमाडौँ प्रहरीका अनुसार जेनजीको एक समूहले आफ्ना मागहरू बेवास्ता भएको भन्दै एक महिनापछि पुनः प्रदर्शन आयोजना गरेको थियो। तर माइतीघर क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था गरिएको कारण उनीहरूलाई प्रदर्शन गर्न दिइएको थिएन ।अर्का पक्राउ पर्नेमा सञ्जिव दाहाल छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यसअघि नै माइतीघर मण्डला लगायतका स्थानमा कुनै पनि सभा, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरेको थियो। सोही निर्देशनका आधारमा प्रहरीले…
समाचार
लुम्बिनी प्रादेशिक अस्पतालमा पाँचौं र चौथो तहका पदमा करार सेवाका लागि रोजगारीको अवसर
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन करार सेवाबाट जनशक्ति भर्ना प्रक्रिया सुरु गरेको छ। अस्पतालले असोज २३ गते सार्वजनिक गरेको सूचनाअनुसार पाँचौं तह र चौथो तहका विभिन्न पदहरूमा अस्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो। अस्पतालका अनुसार लामो समयदेखि स्थायी दरबन्दी नपुगेका कारण सेवा सञ्चालनमा समस्या हुँदै आएको छ। बिरामीको चाप बढ्दै जाँदा तत्काल जनशक्ति आवश्यक भएको र करार प्रणालीबाट अस्थायी रूपमा कर्मचारी नियुक्त गर्न लागिएको अस्पतालले जनाएको छ। माग भएका पदहरू अस्पतालले करार सेवाका लागि निम्न पदहरूमा दरखास्त आह्वान गरेको छ— स्टाफ नर्स (पाँचौं तह)…
‘कोल्ड्रिफ कप सिरप’ नेपालमा दर्ता छैन : औषधि व्यवस्था विभागको सतर्कता सूचना
स्वास्थ्यसमाचार/ औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोल्ड्रिफ कप सिरप’ नेपालमा दर्ता नभएको जनाएको छ। भारतमा कोल्ड्रिफ कप सिरपको सेवनबाट १८ जना बालबालिकाको मृत्यु भए पछि विभागले सार्वजनिक सूचना निकाली कप सिरप नेपालमा दर्ता भएर प्रयोगमा नआएको जनाएको छ। विभागले जनस्वास्थ्यमा हानी गर्ने कुनै पनि औषधि वितरण र प्रयोग रोक्न सबै निकायलाई सतर्क रहन आग्रह गरेको छ। फार्मेसीहरूलाई विभागमा दर्ता नभएका औषधि बिक्री वितरण नगर्न निर्देशन दिइएको छ। विभागले औषधि उत्पादकहरुलाई रासायनिक पदार्थहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण नगरी औषधि उत्पादन, आयात र वितरण नगर्न निर्देशन दिएको छ। प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल,…
भिटामिन ‘ए’ : कात्तिक २०–२१ मा २७ लाख बालबालिकालाई खुवाइने
स्वास्थ्यसमाचार/ यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन हुने भएको छ । नियमित तालिकामा यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाले दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिएको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको…
जेनजी आन्दोलनका घाइतेहरूको फलोअप उपचारका लागि देशभरका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन
स्वास्थ्यसमाचार/ जेनजी आन्दोलनका घाइतेहरूको उपचारमा सहजताका लागि १६ अस्पतालसहित फोकल व्यक्तिहरू तोकिएको छ । गृह मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरूको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशभरका १६ अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालनमा ल्याएको हो । गत बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर डेडिकेटेड क्लिनिककाृ उद्घाटन गरेका थिए । सो अवसरमा उनले जेनजी आन्दोलनका घाईतेहरुको लागि परिचय पत्र वितरणको समेत शुभारम्भ गरेका थिए । गृह मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालमा निशुल्क आउजाउको व्यवस्था समेत मिलाएको छ ।जेनजी क्लिनिक स्थापना गरिएका १६ अस्पतालहरुमा काठमाडौँ उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा…
जेनजी आन्दोलनमा घाइते नुवाकोटका लक्ष्मण राईको उपचार क्रममा मृत्यु, मृतक संख्या ७६ पुग्यो
स्वास्थ्यसमाचार/जेनजी आन्दोलनको क्रममा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मण राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो।भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनलाई टाउकोमा गोली लागेर घाइते भएका थिए। उपचारका लागि ट्रमा सेन्टरको आइसियूमा राखिएको थियो।त्यहाँ उपचारको क्रममा आइतबार मृत्यु भएको हो। योसँगै मृतकको संख्या ७६ पुगेको छ।
गुल्मी छल्दिमा बस दुर्घटना, १६ जना घाइते ,दुईजना थप उपचारका लागि रेफर
स्वास्थ्यसमाचार/सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत रेसुंगा नगरपालिका-४ मा लु १ ख ७७७६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरूकाे गुल्मी अस्पतालमा उपचार भइरहेको छ । बस घुम्तीमा कन्ट्रोल हुन नसकेर सडक नजिकै दुर्घटनामा परेको थियाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुटवलबाट दसैं मनाउनका लागि अर्जै आउँदै गरेका यात्रु दुर्घटनामा परेका थिए । घाइतेहरूमध्ये दुई जनाको…
चन्द्रौटा आधारभूत अस्पतालका मेसु डा. पाण्डे आक्रमण प्रयासबाट भाग्दा सडक दुर्घटनामा गम्भीर घाइते
स्वास्थ्यसमाचार/ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३ सोनबर्सी खरेन्द्रपुरमा चन्द्रौटा आधारभूत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित पाण्डेमाथि आइतबार साँझ साङ्घातिक आक्रमणको प्रयास भएको छ। चोरको निगरानीमा बसेकाहरुले डा पाण्डेमाथि हतियार प्रयोग गरी आक्रमण गर्न खोज्दा उनले मोटरसाइकल तिब्र गतिमा अघि बढाउँदा सडक दुर्घटना भई गम्भीर घाइते भएका हुन्। प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
बुटवल हस्पिटल प्रा. लि. ले दशैं विदामा पनि सेवा दिने
बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैंको बिदा अवधिभर पनि सेवा दिने भएको छ । असोज १३ गते दशैंको फूलपातीबाट सरकारले बिदा दिएको भए पनि बुटवल हस्पिटल प्रा. लि. ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी अस्पतालका सबै सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।अस्पतालको इमर्जेन्सी, ओपीडी,आईसीयू, एनआईसीयू,अपरेशन लगायतका सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । सरकारबाट १०० शैयाको बेड सञ्चालन अनुमति प्राप्त बुटवल हस्पिटल प्रा. लि. ले वर्षभरि ३६५ दिन सेवा प्रदान गर्ने भएकाले कुनै पनि बिरामीलाई समस्या नपर्ने…
पूर्वस्वास्थ्यमन्त्री डा.तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?
स्वास्थ्यसमाचार/ पुर्वस्वास्थ्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तोसिमा कार्कीले जेनजी आन्दोलनमा आफू सहभागी भएको स्वीकार गरेकी छन्। भदौ २४ गते नख्खु कारागार लगायत अन्य केही स्थानहरुमा भएका घटनाहरुमा पार्टी सदस्यहरुको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन रास्वपाले छानबिन समिति गठन गर्ने निर्णय भएसँगै उनले आन्दोलनमा प्रहरीको गोलिबिच हिँडेको बताएकी हुन्। रास्वपामा सहमहामन्त्री विपीन आचार्यले नख्खु कारागारमा शीर्ष नेता सहभागी भएको र अन्य क्षेत्रमा पनि पार्टीका कार्यकर्ता तोडफोडमा सहभागी हुँदा बदनाम भएको भन्दै कारबाहीको माग गरेका थिए। केन्द्रीय सदस्य कार्कीले पार्टीको विशेष अधिवेशनको माग गरिन्। निवर्तमान सांसद समेत…
