स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुसरण गर्न नगरबासीलाई आह्वान गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । समितिमा उपप्रमुख जागेश्वरी चौधरी, कार्यपालिका सदस्यहरु दुर्गा पाण्डेय, चेतनारायण भण्डारी, सुरेन्द्र श्री, संगीता गुरुङ, मुक्तिनारायण चौधरी, दानबहादुर चौधरी, क्रिमसन अस्पतालका फिजिसिय डा. कृष्णचन्द्र गोदार र सदस्य सचिवमा नगर स्वास्थ्य प्रमुख मोतिप्रसाद पौडेल रहेका छन । बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं. १७ स्थित…
समाचार
कोरोनासँग लड्न के–के खाने जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव
डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ । १, पोषिलो…
कोरोना भाइरसको औषधि तयार हुन सात महिना :अमेरिकी उपराष्ट्रपति
वासिङ्टन डी.सी. (रासस–एएनआई) अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति पेन्सले भने । अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ । उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताए ।…
कोरोना जोखीम रोक्ने पुर्वतयारीमा प्रदेश ५ सामाजीक बिकास मन्त्रालय
स्वास्थ्यसमाचार/संघीय सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा प्रदेश ५सरकार पनि पूर्वतयारीका काम सुरु गरेको छ । यसैक्रममा आज प्रदेश ५ सरकार सामाजीक बिकास मन्त्रालयले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा मन्त्रालयमा सरोकारबालाहरु संग छलफल गरेको छ । पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन सामाजीक बिकास मन्त्री शुदर्शन बरालले स्वास्थ्य निर्देशनालय प्रदेश तालिककेन्द्र प्रदेश आपुर्ति प्रादेशिक अस्पताल सामाजीक बिकास मन्त्रालय महाशाखा प्रमुखहरु संघिय स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखा प्रमुख स्वास्थ्यकर्मि र सरोकारबालाहरु सम्मिलित पूर्वतयारीको बारे छलफल गरेका थिए । छलफलमा बोल्दै सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रादेशिक अस्पतालहरुमा १५…
कोरोना जोखिम रोक्ने पूर्वतयारीमा जुट्यो तिलोत्तमा नगरपालिका
स्वास्थ्यसमाचार/ संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्वतयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ ।पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तरक्रियात्मक बैठक गरेको हो । बैठकले क्रिमसन अस्पतालमा कार्यरत फिजिसियन डा. कृष्णचन्द्र गोदारको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु सम्मिलित पूर्वतयारी समन्वय समिति गठन गरेको छ ।समितिले कोरोनाबाट बच्ने उपायका सन्दर्भमा जनचेतना अभिवृद्धि, नियन्त्रणका उपाय अवलम्बन र कोही संक्रमित भएमा गरिने उपचारको बारेमा संघीय र…
बुटवलमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा
स्वास्थ्यसमाचार/ बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले उक्त एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । एम्वुलेन्सको प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे । सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्यमा सबै प्रकारको सेवा यहि प्रदेशबाट दिने तयारीका साथ प्रदेश सरकारले काम अघि बढाएको बताए । मन्त्री बरालले गौतमबुद्ध सामुदायीक मुटुअस्पताल ले गुणस्तरीय सेवा उपलब्ध गराएको बताए । उनले अहिले पनि स्वास्थ्य सेवा गरिब निमुखानकोे पहुचमा नभएको बताए। निजीअस्पतालले बिरामीको रोग निकोबनाएपनि परिबारलाई मानसिकरोगी…
लुम्बिनी सिटी अस्पताल बुटवलमा ईआरसिपी सेवा सुरु
स्वास्थ्यसमाचार/प्रदेस ५ मा पहिलो पटक इआरसिपी सेवा सुरु भएको छ। पित्त नलीमा भएको ढुंगा चिरफार नगरी निकालिने यस प्रविधिमार्फत लुम्बिनी सिटी अस्पताल बुटवलमा सफलतापूर्वक कार्य सम्पन गरी सेवा सुरु गरिएको हो। वीर अस्पतालबाट डिएम ग्यासट्रोइन्टररोलोजीको अध्ययन सकेर हाल लुम्बिनी सिटी अस्पतालमा कार्यरत डा मुकेश शर्मा र धेरै वर्षसम्म धुलिखेल अस्पतालमा काम गरी हाल मेडिकेयर अस्पताल काठमाडौंमा कार्यरत डा विवेक पुर्बे सम्मिलित रहेको टिमले सफलतापूर्वक सो कार्य सम्पन्न गरेको हो। काठमाडौं बाहिर थोरै स्थानमा मात्र इआरसीपीको सुविधा उपलब्ध रहेको डाक्टर मुकेश शर्माले बताए। पित्त नलीको ढुंगा निकाल्न मात्र नभएर पित्त नलीको…
कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना
काठमाडौँ /कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाका अनुसार आज आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको हो । डा। बास्तोलाले भने ुकोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो । भर्ना गरिएकाहरु सबै पुरुष हुन् । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।
कोरोना नियन्त्रणको लागि सुरक्षा संयन्त्र परिचालन गर्न कार्यविधि बनाउदै सरकार
काठमान्डौ/ विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस कोभिड–१९० का कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको एक महिना पछि नेपाल सरकारले सो रोग नियन्त्रणको लागि कार्यविधि बनाउन सुरु गरेको छ । समुदाय देखि राज्यका सबै अंगको परिचालन गर्न सक्ने गरी कार्यविधि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यस अघि कोरोना क्वारेन्टाइन कार्यविधीमात्र तय भएको थियो । क्वारेनटाइन कार्य विधि बनाएर चीनको वुहान प्रान्तबाट १७५ नेपालीलाई ल्याइएको थियो । अब बन्ने कोरोना नियन्त्रण कार्यविधीमा आपतकालीन अवस्था आए विद्यालय बन्द गर्ने देखि लिएर सुर संयन्त्र समेत परिचालनगर्न सकिने कार्यविधीतयार भइरहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका…
रुपन्देहीमा तेश्रो चरणको दादुरा रुवेला खोप मायादेबिबाट शुरु
स्वास्थ्यसमाचार /रुपन्देहीका सात गाउँपालिकामा आजदेखी तेश्रो चरणको दादुरा रुवेला खोप अभियान शुरु भएको छ । तेश्रो चरणको अभियान मायादेबि गाउँपालिकाबाट सुरु गरिएको हो । अभियानको मायादेबि गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरी र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बालबालिकालाइ पोलियो थोपा खुवाएर सुभारम्भ गरे। मायादेबि गाउँपालिका वडा नं ८ का अध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, मायादेबि गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत बिष्णु ढुंगाना लगायतले बोल्दै यो अभियानलाई सबैको सहयोग आबश्यक रहेको बताउँदै बालवालिकालाई खोप…