स्वास्थ्यसमाचार/ बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश ५ का स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए।योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो। आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो। नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८…
समाचार
जुम्ल्याहाले बनाएको गो कोरोना रोबोट मन्त्री लाई हस्तान्तरण
स्वास्थ्यसमाचार/रोबोटको अनुसन्धान र निर्माण गर्दे आएका बुटवलका जुम्लीहा दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोवोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । आईसोलेशन अस्पतालमा भर्ना भएका कोभिड १९ का संक्रमित विरामीहरुको हेरचाह गर्ने उदेश्यले निर्माण गरेको उक्त रोवोर्ट लवकुस पन्थीले सामाजिक विकास मन्त्री सुदर्शन वराललाई शनिवार हस्तान्तरण गरे । सफ्वेयर र एप वाहेक रोवोट निर्माणको लागि झण्डै ७० हजार रुपैया खर्च भएको कुश पन्थीले वताए । कोरोना भाइसरको संक्रमणको महामारी शुरु भएपछि अस्पतालमा नर्सको काम रोवोटले गर्न सक्छ भन्ने सोचले रोवोट वनाएको लव पन्थीले वताए । सामाजिक…
कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । धुलिखेल अस्पतामा रहेकी २९ वर्षीया कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको अस्पतालले जनाएको छ । सिन्धुपाल्चोक स्थायी ठेगाना भएकी ती महिला १० दिनकी सुत्केरी थिइन् । काठमाडौं शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केपछि बिरामी भएर तीनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी पश्चातपनि उनको रगत बग्ने समस्या,श्वासप्रश्वासमा समस्या, एक्स रे गर्दा छातीमा निमोनिया देखिएको अस्पताल स्रोतले बताएको छ । कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा उनको थ्रोट स्वाबको परीक्षण गरिएको र आजमात्रै पीसीआरमा उनको…
कपिलवस्तुमा थप तीनमा कोरोना संक्रमित प्रदेश ५मा १०९ पुग्यो
स्वास्थ्यसमाचार/ कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । जिल्लाको शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।प्रदेश ५मा कोरोना संक्रमितको संख्या १सय ९ पुग्यो ।
बुटवलमा क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै योगा अभ्यास सिकाउन थालेको छ । बुटवल–१२, तामनगरमा रहेको बुटवल कोरोना बिशेष क्वारेन्टाइनमा योगा सिकाउन थालिएको हो । क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा सिकाउन थालिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए । क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा योगा सिकाउन थालिएको प्रमुख सुवेदीले वताए । ‘जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य…
प्रदेश ५ को भेरी अस्पताललाई ५ सय शैय्यामा स्तरवृद्धि गर्ने
स्वास्थ्यसमाचार/सरकारले यस वर्षका देशका पाँच वटा अस्पताललाई ५ सय शैय्याका स्तरवृद्धि गर्ने भएको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशका ५ अस्पताललाई ५ सय शैय्याका बनाइने जानकारी दिएकी हुन् । सरकारले प्रदेश नंं. १ को मोरङमा रहेको कोशी अस्पताल, प्रदेश २ को पर्सामा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको चितवनमा रहेको भरतपुर अस्पताल, ५ नम्बर प्रदेशमा बाँकेमा रहेको भेरी अस्पताललाई ५ सय शैय्यामा स्तरवृद्धि गर्न भएको छ । यस्तै, सुदूरपश्चिमको डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताललाई पनि ५ सय शैय्याको बनाइने छ । सरकारले…
कोरोनाभाइरस भ्याक्सिनः अक्सफोर्ड युनिभर्सिटीले पायो ठूलो सफलता
बीबीसी/अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको निष्कर्ष निकाले । अब यो भ्याक्सिनको ट्रायल मानिसमाथि चलिरहेको बताइएको छ । साथै केही अन्य वैज्ञानिकमार्फत् भविष्यमा यसको रिभ्यू गरिने पनि जानकारी दिइएको छ । बेलायतको औषधी निर्माता AZN.L ले अघिल्लो महिना आफूले अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका अनुसन्धानकर्तासँग मिलेर कोरोनाभाइरसको भ्याक्सिनमाथि काम सुरु गरेको जानकारी दिएको थियो । बाँदरमा ट्रायलः अनुसन्धानकर्ताले आफ्नो रिपोर्टमा…
स्वास्थ्यमा १९ नयाँ कार्यक्रम :आकस्मिक सेवा निःशुल्क घरघरमै स्वास्थ्य जाँच
स्वास्थ्यसमाचार/ सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने १९ वटा कार्यक्रम प्रस्ताव गरेको छ ।मन्त्रालयले ती कार्यक्रम सन्चालन गर्नका लागि २८ अर्ब ३१ करोड खर्चको प्रस्ताव गरेको छ । नियमित कार्यक्रमसँगै मन्त्रालयले संघमा ३ सय सैय्याको सरुवा अस्पताल र प्रदेशमा १ सय सैय्याको अस्पताल प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रमका लागि प्रस्ताव गरेका १९ वटा नयाँ कार्यक्रमहरु १ )महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने २ ) संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय सैय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग…
राष्ट्रिय चिकित्सक संघ लुम्बिनी र मुख्यमंत्री पोखरेलबिच छलफल
स्वास्थ्यसमाचार/ नेपाल राष्ट्रिय चिकित्सक लुम्बिनी शाखा को प्रतिनिधि मन्डलले प्रदेश ५का मुख्य मन्त्री शंकर पोखरेल संग भेटघाट गरि कोरोना माहामारी व्यवस्थापन, आगामी गुरुयोजना, संगठन विस्तार, प्रदेश स्वास्थ्य निती निर्माण तथा विविध विषयहरुमा छलफल र गरेको छ । नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका निवर्तमान अध्यक्ष डा. सन्तोष पोखरेल, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली को प्रतिनिधिमण्डलले ले भेटी छलफल गरेको हो । नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा. सन्तोष पोखरेलले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसङ्ग पनि संस्थागत सम्पर्क, सम्वाद…
प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालमा बेड थप्ने निर्णय
स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालहरुमा ४ सय बेड थप्ने निर्णय गरेको छ। आज बसेको प्रदेश५ सरकारको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। बुटबलको धागोकारखनानमा रहेको अस्पताललाई २ सय बनाउने भैरहवाको भिम अस्पताललाई१ सय वेडको बनाउने त्यस्तैे नेपालगञ्जमा र वाँकेमा १ सय बेड को आईसोलेशन बेड वनाउने भएको छ । प्रदेशमा कोरोनाका बिरामीको संख्या बढेपछि कोरोना विशेष अस्पतालको क्षमता बढाउने निर्णय प्रदेश सरकारले गरेका हो। बैठकले बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय समेत गरेको छ। विरामीको…