स्वास्थ्यसमाचार / गुल्मीका कोरोना संक्रमण मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको अस्पतालले जनाएको छ । रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ मृत्यु भएको…
समाचार
नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना
स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक मन्त्रालयअन्तर्गतका डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको हो। सोमबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। ललितपुर बस्दै आएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन्। उनी कुनै पनि अस्पतालमा कार्यरत छैनन्। यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन। मन्त्रालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु गरेको बताएको छ।
लक्षण नदेखिए पनि शःशुल्क कोरोना परीक्षण गर्न पाउने
स्वास्थ्यसमाचार / सरकारले सार्वजनिक स्वास्थ्य संस्थाबाट सस्शूल्क आरडिटी र पिसिआर परिक्षण गर्न दिने नीतिगत निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिर्पोटिङ गर्ने अनिवार्य सर्त पालना गर्ने गरी परीक्षण अनुमति दिने बताए। उनले प्रयोगशालाले मान्यता दिएका ती सार्वजनिक संस्थामा लक्षण नभएकाले स्वदेशी र विदेशी नागरिकले आरडिटी र पिसिआर परीक्षण स्वेच्छाले गर्न चाहने व्यक्तिले तोकिएको दररेटमा गराउन सक्ने बताए। परीक्षणको दररेट संस्थाले आफ्नो मापदण्ड अनुसार तय गर्ने उनको भनाई छ। उनले यसबाट परीक्षणको दायरा बढ्ने विश्वास गरे।सुरक्षित गर्ने गरी…
कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण सफल
सिएनएन /कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ । मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने कम्पनीले जनवरीको शुरुतिर आम उपभोक्तासमक्ष खोप ल्याउनसक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् । यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो सङ्ख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडकल जर्नलमा प्रकाशित गरेको हो । खोप विकासमा लागेको…
कोरोना संक्रमित गुल्मीका शिक्षक आईसियूमा उपचारत
स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराई रहेका गुल्मीको मदाने गाँउपालिका ६ का ४१ बर्षिय शिक्षकको आईसियूमै उपचाररहत रहेका छन । क्रिमसन अस्पतालले आज एक विज्ञेप्ती जारी गरि बिभिन्न साजीकसंञ्जालमा नकारात्मक हल्ला फैलाएका र यस्ता गलत हल्ला नफैलाउन आग्रह गरेको छ । सुचना सत्यतथ्य बुझेर सामाजीक संञ्जालमा राख्न आग्रह गरिएको छ । उनको क्रिमसन अस्पतालकै आईसियु कक्षमा उपचार भैरहेको अस्पतालले जनाएको छ । अहिले सम्म सरकारी क्षेत्रबाट कुनै पहिल नभएको र अस्पतालका कर्मचारी त्रासित रहेको अस्पतालले जनाएको छ ।
नेपालमै पहिलो पटक शिक्षकमा देखीयो कोरोना संक्रमण
स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा उपचाररत एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीको मदाने गाउंपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि मणिग्राम स्थीत क्रिमसन अस्पतालमा भर्ना भएका थिए । उनको भेन्टीलेटरको सहयतामा उपचार भई रहेको छ ।उनि अहिलेपनि सोहि अस्पतालको आईसियूमा भर्ना भई उपचार गराईरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले वताए । ४१ वर्षिय उनि सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहि गएको नभएपनि लक्षण हेर्दा कोरोनासंग मिल्दो पाईएपछि अस्पतालबाटै जेठ…
नेपालगञ्जमा थप ४७ जनामा कोरोना पुष्टि प्रदेश ५मा १५९ पुग्यो
स्वास्थ्यसमाचार /बाँकेको नरैनापुर गाउँपालिकाका रहेको क्वारेन्टिन थप ४७ जना र गुल्मीमा १ जना गरि ४८ कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामा ३३७ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जेठ ४ गते आईतबार सोही क्वारेन्टिनमा रहेका एक युवाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देबकोटाले पुरुष ४६ र महिला १ जना गरि ४७ जना पुगेको डा देबकोटाले बताए । १८ बर्ष देखी ४० वर्षका रहेको डा देबकोटाले बताए क्वारेन्टिनमा रहेका २५७ जनाको स्वावसंकलन गरि परिक्षण गर्दा ४७ जनामा कोरोना पोजेटीभ…
कोरोना संक्रमित बढ्दै गएपछि २० गते सम्म लकडाउन थपियो
स्वास्थ्यसमाचार /सरकारले लकडाउन जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले २० जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । मुलुकमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र २ जनाको मृत्यु भइसहेको अवस्थामा कोभिड १९ उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो ।
कोरोना परिक्षणमा आवश्यक भिटिएम र स्वावस्टिक बुटवलमा उत्पादन संभव भएको दावी
स्वास्थ्यसमाचार । बुटवल जेठ ५ । कोरोना भाइरसको परिक्षणका लागि आवश्यक पर्ने “भि.टि.एम.” र “स्वाव-स्टिक” बुटवलमा उत्पादन सम्भव भएको खोजकर्ताहरुले दावी गरेका छन् । क्रिमशन कलेज अफ टेक्नोलोजिका असिष्टेन्ट प्रोफेसर –राम बहादुर खड्का (माइक्रोबायोलोजिष्ट)को टिमले भि.टि.एम.बारे गरेको एक परिक्षण उत्पादन सफल भएको बताएको छ । स्थानीय तहमै उत्पादन गरेको भि.टि.एम. जनसंख्या तथा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नको लागि अनुसन्धान गरिएको जानकारी अनुसन्धानकर्ता खड्काले दिएका छन् । भाइरल ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) –यो मिडिया जैविक नमूना/भाइरस जिवाणुहरु संकलन, ट्रान्सपोर्ट, अनुरक्षण गर्न प्रयोग हुने साथै यसमा राखिएको नमुनालाई लामो समयसम्म…
क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्ने प्रदेश ५ सरकारको निर्णय
स्वास्थ्यसमाचार/ विश्वमा फैलिएको कोभिड १९ को जोखिम कम गर्नका लागि प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा जेठ ४ गते प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेको सम्पन्न भएको छ । बैठकले माहामारीको रुपमा फैलिएको जोखिमलाई कम गर्नका लागि निम्न निर्णयहरु समेत गरेको छ । जसमा प्रदेश अन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहहरुमा निर्माण गरिएको र निर्माण गरिने क्वारेन्टाइन र आइसोलेसन सेण्टरलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न निम्न बमोजिमको थप निर्देशन सबै सरोकारवाला समक्ष कार्यान्वयनका लागि पठाउने। त्यसै गरी मित्रराष्ट्र भारतबाट नेपाल आउने व्यक्ति बढदै गएको सन्दर्भमा हालसम्म…