२४ घण्टामा झण्डै ६ लाख जनाले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

यो सहित नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा खोपको प्रयोग भएको छ । जसमा १ करोड ७७ लाख ४० हजार ८ सय ३५ जनाले पहिलो मात्रा, १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र ६ लाख तीन हजार ४ सय ८ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :