भीम अस्पतालद्वारा कारागारका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार /भीम अस्पताल भैरहवाले जिल्ला कारागार कार्यालय सिद्धार्थनगर, रुपन्देहीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

कारागारमा रहेका कैदीबन्दीहरुलाई लक्षित गर्दै शिविर गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् ।कारागारमा रहेका ४४७ जना कैदीबन्दीमध्ये २०२ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिइन् ।

शिविरमा छाला, रुघाखोकी, मधुमेह, मानसिक, आँखा, दन्त, पेट दुख्ने लगायतका समस्या भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको उनले बताइन् ।

शिविरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता, मेडिकल अफिसर डा. राजु रौनियार, आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मा, सिनियर अहेव जनकराज पन्त, फार्मासिष्ट पार्वती चौधरीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

सम्बन्धित शिर्षक :