औषधी व्यवसायी तथा समाजसेवी पुनको मष्तिकघातका कारण निधन

स्वास्थ्यसमाचार/  बुटवल क्षेत्रका पुराना औषधी व्यवसायी तथा समाजसेवी खेम पुनको निधन भएको छ ।६० वर्षीय पुनको मष्तिकघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पुनको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा निधन भएकोे खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए ।

ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा तथा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ । औषधी व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

सोमबार हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पु¥याएर उपचाररत उनको मंगलबार बिहान १२ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको पन्थले बताए । उनी संरक्षक रहेको प्रतिष्ठानले हालसम्म २५ जना चिकित्सक तथा इन्जिनियर उत्पादन गरेको छ ।

सम्बन्धित शिर्षक :