गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा.श्रीराम तिवारी

स्वास्थ्यसमाचार/ गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. श्रीराम तिवारीलाई जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार गण्डकी प्रदेश स्वास्थ्य सचिवमा डा. तिवारीलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

डा. तिवारी केही समयअघि मात्रै केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा सरुवा भएका थिए । संघीय स्वास्थ्य मन्त्रालयले यसअघि गण्डकीको स्वास्थ्य सचिवका लागि डा. अनुज भट्टचनलाई सिफारिस गरेको थियो ।

तर, झण्डै दुई महिना बितिसक्दा पनि उनको सिफारिसमा निर्णय भएको थियो । डा. अनुजलाई सोमबारै नै प्रदेश नं. १ को स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित शिर्षक :