रक्तसञ्चार सेवा केन्द्न बुटबलको संयोजकमा कृष्ण पंगेनी

स्वास्थ्यसमाचार/ रक्तसंचार केन्द्र बुटवलको संयोजकमा सामाजिक अभियन्ता तथा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनी चयन भएका छन् । लामो समयदेखि रेडक्रसमा रहेर समाजसेवामा क्रियाशिल पंगेनीलाई रक्त संचार केन्द्रको संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेशका आधाभन्दा बढी जिल्लामा रगत संकलन र व्यवस्थापनमा सक्रिय रक्त संचार केन्द्र बुटवललाई थप रचनात्मक बनाउनका लागि पंगेनीलाई जिम्मेवारी दिएको हो ।रक्त संचार केन्द्र नेपाल रेडक्रससंग आबद्ध संस्था हो ।

पंगेनीले संयोजकचयन भएसंगैको पहिलो बैठकवाट सडक मानवहरुका लागि पूर्ण निःशुल्क रगत वितरण गर्ने निर्णय गरेको बताए । रगत व्यवस्थापनमा लाग्ने व्याग, रिरिज लगायतको प्रशासनिक खर्च पूर्ण रुपमा निःशुल्क बनाउने निर्णय गरिएको हो । यो अभियानविस्तारै अन्य समूहलाई पनि गरिने योजना रहेको पंगेनीले बताए । उनले रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपर्ने अवस्थाको श्रृजना गर्ने दावी गरे ।

संयोजकको पदवहाली रक्तदान गरेर गरेको उनले बताएका छन् । रक्तदान जीवन दानको महत्वलाई बढाउनका लागि पदवहालीसंगै रक्तदान गरेको उनको भनाइ रहेको छ । यस्तै आजैको रक्त संचार केन्द्र व्यवस्थापन समितिको वैठकले रक्तसंचार उपकेन्द्र भैरहवाको संयोजकमा शुशिल गुरुङलाई चयन गरेको छ ।

सम्बन्धित शिर्षक :