थप १ हजार ७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो ।

५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ।

यसैगरि सोही अवधिमा थप चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :