पाँचौ कोरोना संक्रमित १९ वर्षीया किशोरी बागलुङकी

स्वास्थ्यसमाचार / काठमाडौं उपत्यका बाहिर फेरि एक जनामा कोभिड–१९ पोजेटिभ भेटिएको छ । गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुंग की १९ वर्षीया किशोरीमा कोरोना पोजेटिभ भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा  विकास देवकोटाले नियमित्र प्रेस बिफ्रिङ गर्दै शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा ती किशोरीमा कोरोना पोजेटिभ पाइएको बताए । उनी कतारबाट क्यू ६५२ फ्लाइटबाट नेपाल आएकी र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा। देवकोटाले जानकारी गराए । योसँगै नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । कोरोना…

कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानको २ लाखसहयोग

स्वास्थ्यसमाचार /जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कोरोना कोषमा २ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष ज्ञानु पौडेल सहकारीले तिलोत्तमा, सिद्धार्थनगर, सियारी र ओसतिया गाउँपालिकालाई ५० हजारका दरले सहयोग वताईन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सक्रमणबाट बच्न र बचाउनका लागि ति स्थानीय तहले संचालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थान साकोषको तर्फबाट सहयोग गरेको सहकारीका अध्यक्ष ज्ञानु पौडेल बताएन ।  

प्रदेश ५ : ५२ मध्ये ३६ जनाको स्वाब परीक्षण २३ जनामा नेगेटिभ

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना भाईरसको आशंका गरिएका ५२ बिरामीमध्ये ३६ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा नेगेटिभ देखिएको छ । अन्य १३ जनाको नतिजा आउन बाँकी छ । आशंका गरिएकामध्ये २९ जनालाई आइसोलेसन अस्पतालमा राखिएको छ । हवाई सेवा बन्द भएकाले अस्पतालहरूले एम्बुलेन्स मार्फत स्वाबको नमुना काठमाडौं पठाइरहेका छन् । जसले गर्दा परीक्षणको नतिजा आउन ढिला भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार बुटवल धागो कारखानामा आठ, बाँकेको अर्वुद रोग अस्पतालमा १०, दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा पाँच,…

औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको विमान दुर्घटना

स्वास्थ्यसमाचार/काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालकदलका तीन सदस्य र दुई चिकित्सक ९यात्रु रहेका थिए । उनीहरू सबै सकुशल रहेका छन ।

स्वास्थ्यकर्मिहरुलाई पीपीईको व्यवस्था गर्न सिएमए संघको माग

स्वास्थ्यसमाचार/नेपाल सिएमए संघले व्यक्तिगत सुरक्षा सामग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पी पी ई को व्यवस्था गर्न माग गरेको छ । हाल विश्वमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणले देश नै लकडाउनको अवस्थामा रहेको र सि।एम।ए। स्वास्थ्यकर्मीहरुले अति नै जोखिममा काम गरिरहेको हुँदा पीपीईको व्यवस्था गर्न संघले तीनै तहका सरकारसंग माग गरेको छ । संघका केन्द्रीय महासचिव लाल बहादुर खड्काले एक विज्ञप्ती जारी गर्दै नीजि स्वास्थ्य क्लिनिक सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न माग गरेका हुन् । “गाउँमा पहिलो उपचार गर्ने वा सल्लाह माग्ने स्थान नै पारोमेडिक्स सिएमए…

कोभिड–१९ : तिलोत्तमाले बनायो एक करोडको प्रकोप व्यवस्थापन कोष

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले एक करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष बनाएको छ । कोभिड–१९ को सँभावित जोखिमलाई मध्यनजर गरी यस अघि ८० लाख रुपैयाँ रहेको प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा २० लाख थपेर एक करोड पु¥याइएको हो । उक्त कोषमा नगरप्रमुख बासुदेव घिमिरेले व्यक्तिगत ५० हजार रुपैंयाँ दिएका छन् । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार रुपैंयाँ र नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ । कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको…

सैनामैनामा अस्थायी आइसुलेसन अस्पताल संञ्चालन

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकामा कोरोना भाइरस कोभिड– १९ विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ । सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले वताए । अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने वताए। विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै…

धनगढीमा भेटिए कोरोना संक्रमित चौथो बिरामी

स्वास्थ्यसमाचार /धनगढीमा कोभिड १९ का कारण एक जना युवा संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार नियमित ब्रिफिङ गर्ने क्रममा धनगढीको सेती अस्पतालमा आइसोलसनमा भर्ना भएका एक जना युवामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाविकास देवकोटाका अनुसार गत चैत ११ मा दुबईबाट नेपाल आएका ३८ वर्षीय युवा सेती प्रादेशिक अस्पतालमा भर्ना भएको जानकारी दिँदै उनमा कोरोना पोजेटिभ भएको बताए । उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको उपचार भइरहेकोपनि डा देवकोटाले बताए । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ४ पुगेको…

प्रदेश ५मा आजसम्मको कोरोनाको अबस्था

स्वास्थ्यसमाचार /प्रदेश नं ५ मा कोरोना भाईरसका अवस्था हेल्प डेक्स स्कीन गरिएका बिरामी आईसोलेसन बेड र संकास्पद बिरामीको स्वाव परिक्षण सवन्धी स्वास्थ्य निर्देशनालयले एक बिज्ञप्ती जारी गरेको छ। स्वास्थ्य निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा ४० हेल्प डेक्स १ लाख ९९ हजार १ सय ३१ जनाको स्किन टेष्ट आईसोलेसन बेड १९ प्रादेशिक अस्पताल सहित कुल १ सय १० कोरोना संकास्पद ५५ सेम्पल टेष्ट ३६ मध्ये १७ नेगेटीभ १९ प्रकृयामा रहेको स्वास्थ्य निर्देशनालयद्धारा जनाईएको छ ।

कोरोनाबाट बच्न चोकचोकमा हातधुने साबुनपानीको व्यवस्था

स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बेलबास सिटिको आयोजना तथा नयागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहकार्यमा बुटवल उपमहानगरपालिका १२ र १३ मा हातधुने तथा खानेपानीको व्यवस्था गरिएको छ । कोरोना भाईरसको बिपत्तिबाट बच्नको लागि ब्यवस्थापन गरिएको हो । बुटबलको कलुवा चोक, बेलबास चोक र नयागाउँ चोकमा हात धुने तथा खानेपानीको ब्यबस्था गरिएको लायन्स क्लव अफ बेलबास सिटिका अध्यक्ष लक्ष्मण खडकाले बताए । कार्यक्रममा लायन्स डाइरेक्टर पुरुसोत्तम बस्याल, खानेपानी अध्यक्ष रमा के सि, लायन्स अध्यक्ष लक्ष्मण खड्का र डिबि खत्री लगाएतले वोल्दै कोरोना भाईरसबाट बच्नको लागी सबै सचेत हुनुपर्ने बताए ।