स्वास्थ्यसमाचार /कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरण गर्न रुपन्देहिको शुद्धोधन गाउपालिकाले क्वारेन्टाइन र आइसुलेसन निर्माण गर्ने भएको छ । प्रदेश ५ सांसदद्वय तुलसी चौधरी ,पुस्पा चौधरी ,गाउपालिका अध्यक्षकिसुन चन्द चौधरी ,उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,गाउपालिकाका विभिन्न वडाका जनप्रतिनिधि ,स्वास्थकर्मी,पार्टीका प्रतिनिधि,प्रहरी,कर्मचारी पत्रकार सम्मीलित आकस्मिक बैठक बसि गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको संयोजकत्वमा २१ सदस्यीय गाउपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती गठन गरिएको छ। गठित समितिले शुद्धोधन गाउपालिका वडा ३ मा रहेको यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पस क्वारेन्टाइन र गाउपालिका वडा न ४ मा मोतिपुर प्राथमिक स्वास्थ केन्द्र मा आइसुलेसन तयार पार्ने निर्णय छ।क्वारेन्टाइनमा…
समाचार
बुटवल कोरोना विशेष अस्पतालमा १०बेडको आईसियु र ल्याब बनाउने
स्वास्थ्यसमाचार/ बुटबलको धागोकारखानामा बनाईएको बुटवल कोरोना विशेष (अस्थायी ) अस्पतालमा १० बेडको आईसियु र अस्थायी ल्याब बनाउने निर्णय भएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी अध्यक्षतामा बैठक बसि उक्त निणर्य गरिएको छ । उक्त बैठकमा छिटो आईसियु संञ्चालन गर्ने गाईडलाईन बनाउने १० बेडको आईसियु संञ्चालनका लागी ठाउको अबस्था, पिपिइ, माक्स, ग्लोब्स लगायत अन्य मडिकल सामाग्रीहरुको व्यवस्थापन गर्ने बिषयमा छलफल भएको थियो । बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक्तमा समिति गठन गरिएको छ ।समितिका सदस्यमा बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सदस्य तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरे, प्रमुख…
क्रिमसनमा मोबाईलबाटैं स्वास्थ्य परामर्श लिने ब्यबस्था
स्वास्थ्यसमाचार /क्रिमसन अस्पतालले लकडाउनको अवस्थामा बिरामीको सहजताका लागि मोबाईलबाटै चिकित्सकीय परामर्शको व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको जोखिम अस्पतालमा क्षेत्रमा सबैभन्दा बढी रहने भएकोले सामान्य बिरामी अस्पतालसम्म आउन नपरोस् भन्ने उद्देश्यले अस्पतालले चौबिसैं घण्टा परामर्श दिनेगरी मोबाईल सेवा उपलब्ध गराएको हो । आफ्नो स्वास्थ्य समस्याको बारेमा जोकोहीले ९८५७०४२१९४ मा फोन गरी परामर्श लिनसक्ने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । उनका अनुसार अनुसार यो मोबाईलमा सम्पर्क गर्दा आकश्मिक विभागमा कार्यरत चिकित्सकले परामर्श दिनेछन् । अस्पतालमा धेरै जनाको भीडभाड नहोस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको बस्यालले बताए ।
कोरना नियन्त्रणको कोष :नेकपा प्रदेश५का ६१सभाषदको १५ दिनको तलब जम्मा
स्वास्थ्यसमाचार /बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्बाचित प्रदेश ५ का सांसदहरुले १५ दिने तलब कोरोना नियन्त्रण को लागि राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन । कोरोना भाइरसको सम्भाबित संक्रमणको जोखिमलाई कम गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश ५ का सांसदहरुले १५ दिनको तलब बराबरको आर्थिक सहयोग स्वरुप राज्यकोषमामा जम्मा गर्ने निर्णय भएको नपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश पाँच का प्रमुख सचेत भुमिश्वर ढकालले बताए । चीन बाट सुरु भएको उक्त भाइरस अहिले बिश्वका १९४ देशहरुमा फैलिसकेको भने…
जोखिम मोल्दै स्वास्थ्यकर्मी, ‘कोरोना युद्ध’ जित्न खोज्दैछ सरकार
काठमाडौं /सरकारले सिंगै मुलुक कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको घोषणा गरिसकेको बेला बिरामीको उपचारमा प्रत्यक्ष जोडिने स्वास्थ्यकर्मीहरु सुरक्षित कति सुरक्षित छन् ? यो पनि बहसको विषय बनेको छ । सरकारकले स्वास्थ्यकर्मीहरु सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मीले भने जोखिम मोल्दै काम गर्न विवश रहेको बताइरहेका छन् । कति छन् स्वास्थ्यकर्मि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ३१ हजार ५९१ दरबन्दी कायम रहेको छ । जसअन्तर्गत ४ हजार जनशक्ति रिक्त छ । सरकारले जनशक्ती थप नगरेको १५ वर्ष बढि भइसक्यो । निकै कम जनशक्तीको भरमा स्वास्थ्य क्षेत्र गुज्रिरहेको छ । अभाव के…
भारतीय सीमाबाट भित्रिएका ६ जना तौलिहवा क्वारेन्टाईनमा
स्वास्थ्यसमाचार / तौलिहवा क्वारेन्टाईनमा भारतीय सीमाबाट कपिलवस्तु जिल्ला भित्रिएका आमा छोरी सहित ६ जनालाई राखिएको छ । भारतका विभिन्न स्थान र साउदी अरेवियाबाट भारतको बाटोे हुदै नेपाल प्रवेश गरेका ६ जनालाई क्वारेन्टाईनमा राखिएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर वन्जाडेले बताए । यसरी क्वारेन्टाईनमा पठाईएकाहरुमा कपिलवस्तु नगरपालिका वडा नं ३ का ४३ वर्षीय ईन्दिरा देवकोटा र उनकी २ छोरीहरु मुना देवकोटा र कविता देवकोटा छन् । यशोधरा गाउंपालिका वडा नं ७ सोमडीहका सत्य राम कलवारलाई पनि थप चेकजांचका लागि क्वारेन्टाईनमा राखिएको कपिलवस्तु अस्पतालका प्रमुख डा किशोर बन्जाडेले बताए । सत्यराम…
सरकारद्धारा एकहप्ता लकडाउन :घरबाहिर ननिस्कन आदेश
स्वास्थ्यसमाचार /नेपाल सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड -१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ,अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।
कोरोना प्रभाब: घरभित्रै रहन बुटवल उपमहानगरपालिकाको आग्रह
स्वास्थ्यसमाचार /विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाईरसबाट बच्न बुटवल उपमहानगरपालिकाले सजगता अपनाउन नगरवासीलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले स्थानियलाई अत्यावश्यक काम बाहेक सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको हो ।उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीलाई समयमै संयमता अपनाई उच्च मनोबलका साथ कोरोनासँग लड्नुपर्ने बताए । ‘उपमहानगरपालिकाले घरमै बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र स्वनियममा रहन सार्वजनिक अपिल गरेको हो ।उपमहानगरपालिकाले कोरोना संक्रमणलाई भयावह हुन नदिन बुटवलमा रहेको धागो कारखानाको खाली भूभागमा आईशोलेशन कक्षसमेत निर्माण गरेको छ । यस्तै सोमबार नगरका सबै वडामा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै माइकिङसमेत गरेको छ ।
कोरोना प्रभाब: तिलोत्तमा नगरपालिकाभित्र एक हप्ता लकडाउन
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया-खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि १७ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । अत्यावश्यक सेवामा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत छन् । सरकारले अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गरे पनि त्यो प्रभावकारी नभैरहेको अवस्थामा तिलोत्तमाले मानिसको जमघट रोक्न यस प्रकारको निर्णय गरेको प्रवक्ता…
प्रदेश ५ सरकारले १० करोड कोरोना नियन्त्रण कोष स्थापना गर्ने
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकार, मन्त्रिपरिषदको चैत १० गते बसेको बैठकले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । कोषमा माननीय मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने बताईएको छ। नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ । जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकालागि संयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सदस्यहरुमा बुटवल उपमहानगरपालिका नगरप्रमुख, तिलोत्तमा नगरपालिका नगरप्रमुख,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख,देवदह मेडिकल कलेजका प्रमुख…