रुपन्देहीमा कोरोना संक्रमति घटदै ५० नयाँ थपिदा ३८७ कोरोना मुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घन्टामा ८ सय ८८ जनाको आरटी पीसिआर गर्दा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार आज ८ सय ८८ जना को परिक्षण गर्दा ५० जना नयाँ संक्रमिति भेटीएका हुन भने १ को मृत्यु भएको छ भने ३सय ७८ जना कोरोनाबाट मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुपन्देहीका ४ वटा प्रयोगशालामा ८सय ८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण पुष्टि भएको वताए। जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमित थपिएका छन् ।…

चिनियाँ अनुदानको ८ लाख डोज खोप काठमाडौं आईपुग्यो

स्वास्थ्यसमाचार/ चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले मंगलबार दिउँसो बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो। खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मे मा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको हो।…

लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

स्वास्थ्यसमाचार/ कोरोना भाइरस कोभिड–१९ को महामारीका विरुद्ध जारी लडाइँमा विभिन्न क्षेत्रबाट सहकार्य भइरहेको छ । यसैक्रममा लुम्बिनी विद्युत उद्योग प्रालिले उपचारार्थ सहयोगका लागि अक्सिजन सिलिण्डर प्रदान गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मंगलबार बिहान एक संक्षिप्त समारोहबीच ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । उक्त अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा राजेन्द्र खनाललाई लुम्बिनी विद्युत उद्योग प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोहित गुप्तासहितको टोलीले हस्तान्तरण गरिएको हो । महामारीका विरुद्धमा उद्योगका तर्फबाट भएको मानवीय सेवाप्रति उपमहानगरपालिका तथा अस्पतालले धन्यवाद ज्ञापन गरेका छन् । उपमहानगर…

रुपन्देहीमा कोरोना संक्रमति घटदै १४७ नयाँ थपिदा ८९० कोरोना मुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा ५ सय ३८ जनाको आरटीपीसीआर परिक्षण गरिएको थियो । रुपन्देहीमा सोही अवधीमा ८९० जना एकै पटक कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।पछिल्लो पटक थपिनेमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका रहेका छन् । बुटवल र तिलोत्तमामा ३६, सिद्धार्थनगरमा ९, सियारीमा ११, देवदहमा १९, गैडहवामा २, मायादेवीमा ४, सैनामैनामा १०, ओमसतियामा ३, कञ्चनमा ३, रोहिणीमा १, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ६, शुद्धोधनमा ४ र सम्मरीमाईमा ३…

बुटवलका टोलटोलमा सुरु भयो कोभिडको निशुल्क परीक्षण

स्वास्थ्यसमाचार/बुटवलमा आजदेखि टोल–टोलमा कोभिडको निशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ ।बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण ञहस्टस्पटझ क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो । आजदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।महामारी विरुद्धको अभियान सशक्त बनाउने…

कोभिसिल्डको लगाएका १३ लाख नागरिकले तत्काल दोस्रो डोज नपाउने

स्वास्थ्यसमाचार/  सरकारले अब आउने कोरोना विरुद्धको खोप ६० देखि ६४ वर्षउमेर समूहकालाई लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलले अब नेपाल आउने खोपको पहिलो प्राथमिकतामा ६० देखि ६४ वर्षका व्यक्तिलाई राखिएको बताए । उनले खोपका लागि भारत, चीन, अमेरिका लगायतका देशहरुमा कूटनीतिक पहल भएपनि खोप कहिले दिने भन्नेबारे उनीहरुले जवाफ नदिएको बताए । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो मात्रा तत्कालै दिन नसकिने भएको उनले बताए । ‘जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाउनुभएको ११ हप्ता नाघिसकेको छ, १२ हप्ताभित्र लगाउनपर्ने तर तत्काल खोपको…

बुटवल उपमहानगरमा कोरोना परीक्षणको दायरा फराकिलो बनाईदै

स्वास्थ्यसमाचार/ बुटवलमा एकसाथ सयौंको कोभिड परीक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण गर्नेभएको छ । भोलि जेठ १७ गतेदेखि यो परीक्षण सुरु हुनेछ । जनस्वास्थ्यको संवेदनशिलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख शिवराज सुवेदीले बताए । उनले वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको बताए । महामारी नियन्त्रणका लागि रुपन्देहीको बुटवल उपमहागरपालिकाले नमुना र उदाहरणीय काम गर्दै आएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिन र जरुरी परेकालाई…

अस्पतालमा चाहिने उपकरण खरिद प्रक्रिया अगाडि बढाउ :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले श्रोत सुनिश्चित भएका अस्पतालहरुलाई एचडियू, आईसियू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउ निर्देशन गरेको छ । अस्पतालहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आवश्यक सहजीकरण तथा अनुमगनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ । मुख्यमन्त्री शंकर पोखरेल रहेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सामग्रीको खरिदका लागि संघ तथा प्रदेश स्वास्वास्थ्य मन्त्रालयसंग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । बैठकले राप्ती प्रादेशिक अस्पतालमा पीसीआर ल्याव स्थापन गर्ने निर्णय गरेको…

कोभिड: भियतनाममा भेटियो हावाबाट छिट्टै फैलनेु कोरोनाभाइरसको नयाँ भेरिअन्ट

बिविसी/ भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन्। भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्। सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्। भियतनामका स्वास्थ्यमन्त्रीले के भने? रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा…

कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर

स्वास्थ्यसमाचार/सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ।शनिबार आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए। कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।यसरी वृद्धी भएको तलब साउन १ देखि लागू हुने उनले बताए । सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ। कोभिड उपचारको नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले कोभिड भत्ता पनि पाउने छन्। साथै तलबमान र अरु सेवा सुविधाबारे…