प्रतिमान–नीमा प्रतिष्ठानद्धारा ७प्रदेशमा ८ करोडको स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्यसमाचार/ भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई एककरोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक…

पुतलीबाट लाग्ने ’सापु’ रोगबाट सुरक्षित रहन गुल्मी प्रशासनको आग्रह

स्वास्थ्यसमाचार/ पुतलीबाट लाग्ने ’सापु’ रोगको संक्रमबाट सुरक्षित रहन गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीलाई आग्रह गरेको छ ।शुक्रबार जिल्ला प्रशासन गुल्मीले पहाडी भेगका विभिन्न स्थानहरूमा आँखामा हुने एक प्रकारको डरलाग्दो ’सापु’ रोग सर्ने भएकाले सेतो पुतलीको प्रकोप बढदो क्रममा रहेकोले सबैलाई सचेत रहन सूचना जारी गरेको छ । सेतो पुतलीको प्रकोपबाट आँखामा गम्भीर रोगहरू फैलने सूचनामा उल्लेख छ । ’पूर्ण रुपमा आँखाको ज्योति गुम्नेसमेत खतरा हुन सक्छ, यस्ता खालका पुतलीबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन आवश्यक सतर्कता अपनाउनुहुन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध छ,’ सूचनामा भनिएको छ । सापु कस्तो रोग हो?…

कोरोना खोपलाई ५ अर्ब,बैठक र भ्रमण भत्ताको बजेट कटौती

स्वास्थ्यसमाचार/सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा…

मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिइने

स्वास्थ्यसमाचार/सरकारले मिर्गौला, पक्षघात र क्यान्सरका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार संसदमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । प्रतिस्थापन बजेटमा मिर्गौला प्रत्यारोपण गरेका बिरामी, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।

कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झर्‍यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घन्टामा थप एक हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार आठ हजार आठ सय ९८ पिसिआर विधि र तीन हजार ४६ एन्टिजेन विधिबाट परीक्षण गर्दा थप एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक हजार आठ सय ४५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ७४ हजार पाँच सय ८७ जना पुगेको छ…

कोभिड खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं :डब्लुएचओ

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिडको खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गर्न अपिल गरेको छ । सम्मेलनको तेस्रो दिनको बैठकमा सङ्गठनले हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको हो । ‘महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगहरूको जोखिम बढिरहेको छ,’क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपाल सिंहले भने, ‘यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएता पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ,…

नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ।मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।संघको उपाध्यक्षमा डा खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य र सह-कोषाध्यक्षमा डा सुमन पौडेल चयन भएका छन्। सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।यसअघि संघको अध्यक्षमा विनोद पौडेल थिए। उनले पाँच कार्यकाल संघको नेतृत्व गरेका थिए।

तिलोत्तमाका ५सय बढी बिद्यार्थी भएका संस्थागत बिद्यालयमा नर्स अनिवार्य

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका भित्रका विद्यालयमा ५०० बढी बिद्यार्थी भएका ले एकजना नर्स अनिबार्य राख्नुपर्ने भएको छ। नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र ५०० भन्दा बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यायलहरुले अनिवार्य रुपमा एक जना नर्स विद्यालयमा राख्नु पर्ने प्रशासकीय अधिकृत पौडेलले बताए । यस्तै नगरभित्रका बिद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् ।संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्रका असोज ४ गतेदेखि कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि अनुमति दिने निर्णय भएको…

उत्कृष्ठ सेवा पुरस्कार वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पाण्डेलाई

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत आठौ शैलेन्द्र कुमार पाण्डे लाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कृत गरेको छ। निजामती सेवा दिबसका दिन लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले पान्डेलाई १० हजार नगद सहित उत्कृष्ट निजामती कर्मचारी पुरस्कृत गरे । २०७७/०७८को सम्पादित कामको मुल्याकनको आधारमा पान्डेलाई पुरस्कृत गरिएको सचिब डा बिकास देबकोटाले बताए । पान्डे बिगत १९ बर्षदेखी स्वास्थ्य सेवाका कार्यरत रहेका छन । हरेक मन्त्रालयले कार्यमुल्याकनको आधारमा एकजना कर्मचारी लाई पुरस्कृत गर्ने गर्दछ।…

गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

स्वास्थ्यसमाचार /गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम सुरु भएको छ। तम्घासस्थित अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे/भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा सम्झौता गरेको छ। सम्झौता अनुसार दुई वर्षभित्र अस्पताल निर्माणको काम सम्पन्न गर्नुपर्नेछ। अस्पताल निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत् आयोजना कार्यान्वय हुनेछ। कुनै अवरोध नभए सम्झौता अगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीका साइड इन्चार्ज विष्णु घिमिरेले बताए। उनले एक महिनादेखि फाउण्डेशन निर्माणको काम भइरहेको जानकारी दिए। गुल्मी अस्पताल स्थापना भएको करिब चार दशकदेखि जीर्ण र साँघुरो संरचनाबाट सेवा प्रवाह गर्न…