स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्य महाशाखाको आयोजनामा बुटबलमा एकदिने स्वास्थ्य जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भिम प्रसाद सापकोटाले संघिय स्वास्थ्य मन्त्रालयले वनाएको जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति २०२१को बारेमा जानकारी गराएका थिए । उनले संघिय सरकारले बनाएको यो राष्ट्रिय रणनिति सबै प्रदेशमा सरोकारवालाहरु लाई जानकारी गराएको वताए । उनले लुम्बिनी प्रदेशले पनि प्रदेश जनशक्ती सम्वन्धी रणनिति वनाउदा यसैलाई आधारमानेर बनाउन सकिने बताए ।उनले पहिलेको अहिले २०२१को र २०३० सम्मको…
समाचार
कोभिड खोप प्रमाण पत्रलाई मान्यता दिने नेपाल-भारतबीच सम्झौता
स्वास्थ्यसमाचार/ नेपाल र भारतबीच कोभिड(१९ विरुद्ध दिइएको खोप प्रमाणीकरणको प्रमाण पत्रलाई मान्यता दिने सम्झौता भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा। रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त सम्झौता(पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार भारतमा कोभिड विरुद्ध खोप लगाएर दिइएको प्रमाणपत्रलाई नेपालमा मान्यता दिइने छ भने नेपालमा खोप प्राप्त प्रमाणीकरण पत्रलाई भारतमा मान्यता दिइनेछ। यससँगै खोप लगाएकाहरुले दुई देशका नागरिकहरुले अब नेपाल(भारत दुवै देशमा आवत(जावत गर्न सहज हुने भएको छ । दुई देशबीच खोप प्रमाणीकरणको सम्झौता भएको यो पहिलोपटक हो।
गुल्मीमा २३सयमा एचआईभी परिक्षण गर्दा पोजेटिभको संख्या शुन्य
स्वास्थ्यसमाचार/ गुल्मीमा २ हजार २ सय २९ जनामा एचआईभी परिक्षण गरिएकोमा पोजेटिभको संख्या शुन्य रहेको छ । सन् २०२१ को अहिलेसम्म राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) तम्घास गुल्मीले जिल्लाका ७ स्थानीय तहमा गरेको परिक्षणमा पोजेटिभको संख्या शुन्य रहेको हो । संस्थाले जिल्लास्थित सरोकारवालाहरुसँग समन्वय तथा समिक्षा कार्यक्रम गरेर सोही बिषयमा जानकारी दिएको थियो । समन्वय तथा समिक्षाका लागि जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा संस्थाको समन्वयमा सरोकारहरुसँग छलफल गरिएको संस्थाका उपाध्यक्ष गुणानिधी शर्माले जानकारी दिए । सन् २००९ बाट स्वास्थ्य क्षेत्रतर्फ एचआईभी र क्षयरोग (टिबी) रोगको रोकथामका लागि…
क्रिमसन अस्पतालमा १३किलो पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया
स्वास्थ्यसमाचार/रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीको पेटमा रहेको १३ किलोको ट्युमर सफल शल्यक्रिया गरिएको छ ।देवदह नगरपलिका वडा नं ८ विशालनगरकी ८२ वर्षीया उत्तिमा न्यौपाने विगत १० वर्षदेखि पेट दुख्ने समस्याबाट पीडित भई उपचारको लागि तिलोत्तमा –५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा आएकी थिइन् । उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा निकै ठुलो ट्युमर देखिएको र बढ्दो उमेर अवस्था हेर्दा तत्काल अप्रेशन गर्न कठिनाइ हुनसक्ने चिकित्सकहरूले बताएका थिए ।परिवारका सदस्यहरूसंगको सल्लाह र अनुरोधमा अस्पतालका जनरल सर्जन डा सुदिप सापकोटा, डा ज्ञानप्रसाद पोख्रेल र डा विनेश आनन्द शाक्यसहितको टोलीद्वारा बिरामीको पेटमा रहेको १३ किलोको…
आजदेखी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइँदै
स्वास्थ्यसमाचार/कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार…
स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बन्यो पुर्वस्वास्थ्यमन्त्री :अधिकारी
स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै पुर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । “अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ, राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थय संस्थालाई कमजोर पार्ने काम भएको छ”–उनले भने ।फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाए । “रुपमा कम्युनिष्ट देखिए पनि दक्षिणपन्थसँग सहकार्य गरेकाले उनीहरु दलाल पुँजीवादका नेपाली एजेण्ट हुन्”–उनले भने । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र…
‘ज्येष्ठ नागरिकको घरदैलोमा औषधी र स्वास्थ्यकर्मि लिएर पुगे :नगरप्रमुख घिमिरे
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम अन्र्तगत तिलोत्तमा १० सेमराबजारमा घर घरमा गई स्वास्थ्य परिक्षण गरिएको छ । वडा नं १०को वेबरीमा नगरप्रमुख बासुदेब घिमिरेले जेष्ठ नागरिकलाई पुष्पगुच्छाले स्वागत गर्दे चेकचाज कार्यक्रम सुभारम्भ गरे । मेयर घिमिरेले भने तिलोत्तमा नगरपालिका भित्रका ७१ बर्षमाथिका कुनैपनि नागरिक औषधी र उपचार अभाबले ज्यान गुमाउन नपरोस भनेर यो अभियान सुरु गरेको बताए । नगरप्रमुख घिमिरेले भने आफुपनि जनताको प्रतिनिधि भएकोले स्वास्थ्यकर्मिहरु संग नागरिकको अबस्था बुझदै हिडेको छु ।उपचारपछि स्थानिय ७० बर्षिय जेष्ठ नागरिक श्रीराम चौधरीले भने हामीले सच्चा…
सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बन्दै गएको छ :नगर प्रमुख घिमिरे
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया स्वास्थ्य चौकीले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिन थालेको छ । स्थापना भएको झण्डै २६ वर्षपछि; ज्योतिनगरमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिएको हो । आफ्नैं भवन निर्माण भएसँगै सेवा प्रवाह सहज बन्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । यसअघि स्वास्थ्य चौकी विभिन्न संघ/संस्थाका भवनमा सञ्चालन गरिएकोमा जग्गाको स्वामित्व प्राप्त भएपछि आफ्नै भवन निर्माण गरिएको हो । स्थानीय बासिन्दाले लामो समयदेखि संरक्षण गर्दै आएको झण्डै ६ कठ्ठा जग्गा स्वास्थ्य चौकीको नाममा कायम भएपछि २०७७ भदौ २३ गते स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो…
सरकारद्वारा रेबिज इम्युनोग्लोबुलिनमा नयाँ पद्धतिको सुरुवात
स्वास्थ्यसमाचार /सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एन्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै इम्युनोग्लोबुलिन सेवा लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पाईने बताए । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिर ५ गतेबाट यो सेवा सबै प्रदेशमा विस्तार हुने बताए। ‘मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्री खतिवडाले भने, ‘ हाललाई ठूला ९ सरकारी अस्पतालबाट उक्त सेवा लिन पाइन्छ। उनले विस्तारै यो सबै अन्य अस्पतालमा लागू गर्ने बताए।यसअघि इम्युनोग्लोबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र थियो।…
अब कोरोना बिरुद्धको खोप लगाउन पालो कुर्नु पदैन मन्त्री :खतिवडा
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त रुपमा अनुगमनका क्रममा उहाँले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताउनुभयो । “अव कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन” मन्त्री खतिवडाले भन्नुभयो, “सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।” उहाँका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान…