बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन

स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…

सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरिएको बताए । यसअघि ७१ प्रकारका औषधि मात्रै निःशुल्क वितरण हुँदै आएको थियो । मन्त्री शर्माले मिर्गौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, मेरुदण्डको उपचार गरिरहेका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने बताए । उनले त्यसका लागि १ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिए । प्रादेशिक अस्पतालमा डाइलाइसिस मेसिन खरिदका लागि बजेट…

मिर्गौलापीडित, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार

स्वास्थ्यसमाचार/ मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ । त्यसका लागि १ अर्ब ५० करोड छुट्याइएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।यस्तै आधारतभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन पनि बजेटमा व्यवस्था गरिएको छ । ६५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने भएको छ । यसका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माको भनाइ छ । जीर्ण अस्पताल भवन पुनर्निर्माणका लागि पनि रकम विनियोजन गरिएको…

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट, प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई २७ अर्ब

स्वास्थ्यसमाचार/ आगामी आर्थिक वर्षका लागि स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ०८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । स्वास्थ्यका विभिन्न महत्वकांक्षी योजनाहरुमा खर्च गर्न स्वास्थ्यतर्फ सरकारले यो बजेट बिनियोजन गरेको हो । अर्थमन्त्री शर्माकाअनुसार स्वास्थ्यका लागि प्रदेशलाई ६ अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरिएको छ भने स्थानीय तहलाई २७ अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

सुर्खेत र कैलालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। २०७९र८० को बजेट भाषण मार्फत अर्थमन्त्री जर्नादन शर्माले उक्त कुरा बताएका हुन्। यस्तै सरकारले आगामि आर्थिक वर्षदेखि जडीबुटी खेतिको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ। जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ। सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था गरिनेछ। पहाडी र हिमाली भेगमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडीबुटीहरुको प्रशोधन उद्योगलाई…

मेयर र उपमेयर द्वारा भिम अस्पतालका बिरामीलाई फलफूल बितरण

स्वास्थ्यसमाचार/  गणतन्त्र दिवसको अवसर पारेर सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खान र उप प्रमुख उमा अधिकारीले बिरामीलाई फलफुल बितरण गरेका छन् । गणतन्त्र दिवसको अवसरमा भैरहवा स्थित भिम अस्पतालमा गएर उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै करीव ४० जना बिरामीलाई फफुल बितरण गरेका हुन् । सो अवसरमा बोल्दै मेयर खानले आर्थीक समस्याका कारण कोही पनि नेपाली नागरीक स्वास्थ्य उपचारबाट बञ्चित हुन नहुने भन्दै नगरवासीको स्वास्थ्य जिवनकोलागी नगरपालीका गभींर रहेको बताए । सामुदायीक अस्पतालको स्तर बृद्धी गरी सर्वशुलव एवं निःशुल्क स्वास्थ्य सेवा प्रभाव गर्न नगरपालीका लागी पर्ने उनले बताए । उनले…

यी दुई तरिकाबाट पत्ता लगाउन सकिन्छ मंकीपक्स संक्रमण

काठमाडौं/मंकीपक्स भाइरस युएईसहित २० देशमा फैलिइसकेको छ। कोरोना भाइरसपछि यसले विश्वभर महामारीको रुप लिनसक्ने आशंका व्यक्त गरिँदैछ। यहीबीच अनुसन्धानकर्ताहरु यसको उपचार र परीक्षणमाथि अनुसन्धान गरिरहेका छन्। हालै ल्यान्सेट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार मंकीपक्स भाइरस रगत तथा घाँटीको स्वाब परीक्षणबाट पत्ता लगाउन सक्ने उल्लेख छ। यस्तै, यो भाइरसमा एन्टिभाइरल औषधिले पनि काम गर्नसक्ने जनाइएको छ। दि ल्यान्सेट इन्फेक्सियस डिजिज जर्नलमा मंगलबार प्रकाशित अध्ययनमा उल्लेख गरिएअनुसार अफ्रिकाबाहिरका अस्पतालमा देखिएका संक्रमणबारे अध्ययन गरिएको थियो। जसमा संक्रमितको उपचारका लागि दुई एन्टिभाइरल औषधिहरु ब्रिनसीडोफोभिर र टोकोभिरिम्याटको पहिलो ‘अफ लेभल’ उपयोग गर्दा बिरामीमा देखिएका प्रतिक्रियाबारे पनि…

१५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य मन्त्रालय बुटबलमा रक्तदान

स्वास्थ्यसमाचार/ १५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले रक्तदान कार्यक्रम गरेको छ। उक्त रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ नर्सिङ अधिकृत नेहा थापाले बताईन। उनले मन्त्रालयमा आयोजीत कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्यकर्मि रक्तादाताहरु स्वास्थ्यमन्त्रालयका कर्मचारी लगायतले रक्तदान गरेको थापाले बताईन। रक्तदानगर्नको लागी नेपाल रेडक्रस सोसाईटी बुटबल शाखाले सहयोग गरेको थियो। सरकारले ३ दिन सम्म १५औ गणतन्त्र दिबश मनाउने भएको छ।गणतन्त्र दिबशको अबसरमा भोली १५ गते सार्वजानीक बिदा दिएको छ।

रुकुम पूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन्

स्वास्थ्यसमाचार रुकुम पूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन् गरिएकोे छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि इन्द्रजित थारुले आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन गरे । उदघाटन समारोहमा बोल्दै मन्त्रि थारुले रुकुम(पूर्व)मा आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना रहेको बताए। रुकुम(पूर्व) लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिन्छ उनले भने ।यहाँका सबै दल, जनता, बुद्धिजिवीहरु एक भएर यहाँको जडिबुटीलाई यहि संकलन गर्ने, यहि प्रशोधन गर्ने र औषधी उत्पादन गरेर लैजाने हो रुकुम(पूर्व) रोजगारीको श्रृजना हुने र यहा रहेका…

सपना परियोजना समीक्षा :बालबालिकाको समग्र बिकासमा सबैले ध्यान दिऔ !

प्रदेश स्तरीय बालबालिका सपना परियोजना समीक्षा बैठक तथा कोभिड १९ प्रतिकार्य परियोजना समापन गरिएको छ। थारु महिला उत्थान केन्द्रद्वारा सञ्चालित बालबालिकाको सपना परियोजनाको आयोजना, स्वास्थ्य निर्देशनालय लुम्बिनीको सहकार्य र प्लान ईन्टरनेसनलको सहयोगमा बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच समिक्षा गरिएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दामा कुमारी शर्माले थारु महिला उत्थान केन्द्रले बच्चाहरु तथा बालबालिकाको क्षेत्रमा गरेको कार्यको प्रसम्सा गर्दै सहकार्य गर्न प्रदेश सरकार साथमा रहेको बताईन। उनले समाज बिकासका लागि काम गर्न आवश्यक रहेको बताउदै सबै समुदायको समान बिकासका लागि काम गर्नुपर्ने बताईन। उनले निजि तथा बिदेशी…