दाडको गढवामा निःशुल्क स्वास्थ्य शिविर ६ सयको परिक्षण

स्वास्थ्यसमाचार/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा नं. १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ठूलो संख्यामा विरामीहरुले लाभ लिएका थिए । स्थानिय कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने शिविरमा करिव ६ सय जनाको स्वास्थ्य परिक्षण गरिनुकासाथै करिव २ लाख मूल्य बराबरको औषधि निशुल्क वितरण गरिएको जनाएको छ । शिविरमा सो गाउपालिकाका वडा नं. १ र २ कासाथै छिमेकी राप्ती गाउपालिकाका बासिन्दाले प्रत्यक्ष लाभ लिएका थिए…

जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन माग

स्वास्थ्यसमाचार/ जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन पत्रकारहरुले सरकारसंग माग गरेका छन्।सरकारले जोखिम सञ्चार निर्देशीका बनाएपनि कार्यान्वयनमा नल्याउंदा पत्रकारहरु सेवा सुविधाबाट बञ्चित भएको उनीहरुको भनाई छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौको आयोजना र लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको समन्वयमा शुक्रबार बुटवलमा आयोजित जोखिम सञ्चार तथा सामूदायिक सहभागिता विषयक छलफलमा बोल्ने सहभागीहरुले बनेका ऐन,नियमहरु कार्यान्वयनमा ल्याउन सरकारी पक्षलाई आग्रह गरे। उनीहरुले नागरिकको स्वास्थ्यप्रति सरकारलाई जिम्मेवार बन्न समेत आग्रह गरे। स्वास्थ्यप्रति नागरिकलाई सचेत बनाउन सरकारी निकायले मिडियालाई सही सूचना दिन पत्रकारहरुले सरकार पक्षलाई सुझाव दिएका छन्।उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य,…

चैत २५ गतेवाट बालबालिका लाई टाइफाइड विरुद्धको खोप दिइने

स्वास्थ्यसमाचार/ सरकारले आगामी चैत २५ गतेदेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । सरकारले आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म अभियानकै रुपमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने तयारी गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले खोप अभियान सञ्चालन हुनुअघि खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक काम गरिने बताए । नेपालमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप पहिलो पटक लगाउन लागिएको हो ।  

५० वर्ष माथिका नागरिकको मिर्गौला,कलेजो, मुटु रोगको परीक्षण नि:शुल्क गर्ने

स्वास्थ्यसमाचार/ सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परिक्षण सरकारले निस्शुल्क गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्य मन्त्रीका प्रेस सल्लहाकार शान्तराम विडारीले जानकारी दिनुभयो । मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारी मन्त्री खतिवडाले यस्तो घोषणा गर्नुभएको थियो । मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गर्नुभएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत…

लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ र बाँक हात्तीपाइले रोगको उच्च जोखिममा

स्वास्थ्यसमाचार/ भारतसँग सीमा जोडिएका लुम्बिनी प्रदेशका तीन जिल्ला अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् । प्रदेशको कपिलवस्तु, दाङ र बाँके अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका जिल्ला हुन् । जोखिम रहेका जिल्लाहरुको पहिचान गरेर फागुन २८ गतेदेखि अभियान संचालनको तयारी गरेको छ । नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको बेला सरकारले यस्तो अभियान सुरु गरेको हो । कपिलबस्तुमा १४ औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।पटकपटक हात्तीपाइले निवारणका लागि…

तिलोत्तमा प्राविधिक अध्यापनको लागि भवन तयार, स्वीकृतीमा ढिलाई

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक विषय अध्यापनको लागि सिटी कलेज सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धन प्राप्त नहुँदा ढिलाइ भएको छ । नगरपालिकाले सिटी कलेज सञ्चालन गर्न भवन तयार गरेको भए पनि सम्बन्धन प्राप्त नहुँदा कलेज सञ्चालनमा ढिलाइ भएको हो । नगरपालिकाले सिटिइभिटीसँग स्वास्थ्यका तीन वर्षे डिप्लोमा विषयका कक्षा सञ्चालन गर्न सम्बन्धन माग गरेको छ । तर, अझैसम्म सम्बन्धन प्राप्त नभएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । नगरका जेहेन्दार, गरिव विद्यार्थीहरुको समेत प्राविधिक विषय अध्ययनमा पहुँच बढाउने उद्देश्यले नगरपालिकाले सिटी कलेजको अवधारणा ल्याएर भौतिक संरचना निर्माण गरेको हो । प्रारम्भिक चरणमा…

सियारीमा निःशुल्क शिविर २५० जनाले लिए स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार/ उद्योग व्यापार संगठन, रुपन्देहीले सियारी गाउँपालिका वडा नम्बर ७ स्थित अमुवा बजारमा सोमबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन् । उद्योग व्यापार संगठन सम्पर्क कार्यालय सियारी र सियारी गाउँपालिकाको सहयोगमा भएको शिविरमा २५० जनाले सेवा लिनुभएको कार्यक्रम संयोजक तथा संगठनका कार्यसमिति सदस्य सन्तोष शुक्लाले बताए । शिविरको उद्घाटन गर्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्वास्थ्य उपचारका लागि आर्थिक अभाव भएका बिरामीका लागि स्वास्थ्य शिविर महत्वपूर्ण भएको बताए । उनले स्वास्थ्य नै सम्पत्ति भएको बताए । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले विभिन्न कार्यक्रम गरेको बताए । उद्योग व्यापार…

जोहाङ स्वास्थ्यचौकी अलपत्र

गुल्मी/ गाउँ–गाउँमा १५ शड्ढयाको अस्पताल निर्माणको लहड चलेको छ । तर, जोहाङ स्वास्थ्यचौकीको आधुनिक सुविधासम्पन्न भवन अलपत्र छ । ०५२ सालमा निर्माण भएको जीर्ण भवनले घामपानी नै छेक्दैन । साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परीक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता छ । मासिक बैठक चौरमा हुन्छ । सेवाग्राहीको भिड लागे पानी र घामको ओत दिने ठाउँ छैन । ‘जेनतेन बिरामीको गोपनीयता राखेका छौँ । थुप्रै समस्या छन् । तर, दुईकोठे जीर्ण भवनमा के–के व्यवस्थापन गर्ने,’ स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामी भन्छन्, ‘भवन निर्र्माण समयमै नहुँदा ठूलो समस्या भइरहेको छ ।’ कच्ची र जीर्ण भवनमा महत्वपूर्ण…

सुरक्षित खानेपानी वितरणमा रूपन्देहीको शंकरनगर उत्कृष्ट

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नम्बर २ मा रहेको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुरक्षित खानेपानी वितरणमा मुलकमै सर्वोत्कृष्ट भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले शंकरनगर खानेपानीलाई सुरक्षित खानेपानी सेवा प्रदान गरेकोमा सर्वोत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो । विभागले प्रदान गरेको प्रमाणपत्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधी पोखरेलले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरे । विभागले मुलुकका दश वटा खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेकोमा ती आयोजनाहरुमध्ये शंकरनगर खानेपानीलाई वेसलाइन एसिस्मेन्टमा उच्चतम अंकसहित प्रथम भएको प्रमाणपत्र प्रदान गरेको हो…

सियारी गाउँपालिकामा पुर्ण खोप सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउपालिकामा पालिका स्तरीय कोभिड –१९ र नियमित खोप समिक्षा ,दिगोपन र सुनिश्चितताका लागि खोप समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो। सियारी गाउपालिकालाई कोभिड पुर्ण खोप युक्त बनाउनको लागि आवश्यक तयारी गर्ने उद्देश्यले गाउपालिकाको आयोजनामा गाउपालिकाका जनप्रतिनिधिहरु ,स्वास्थ्य सस्थाका प्रमुखहरु लगायतको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकाल र खोप अधिकृत भेषराज शर्माले खोप सम्बन्धि प्रशिक्षण दिनुभएको थियो। सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउपालिकालाई पुर्ण खोप युक्त गाउपालिका बनाउन संबंधित सबै सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो। गाउपालिका अध्यक्ष अयोध्या प्रसाद…