गुल्मी अस्पतालको हेमोडायलाइसिस सेवा मन्त्रालयमा सूचिकृत

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा एक महिना अघिदेखि सुरु भएको हेमोडायलाइसिस सेवाको नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा सूचिकृत भएको छ ।

यस अस्पताल विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मृगौला रोगको हेमोडायलाइसिस सेवामा सुचिकृत भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

नगरप्रमुख पन्थीका अनुसार निरन्तरको प्रयासबाट गुल्मी अस्पतालको हेमोडायलाइसिस सेवा मन्त्रालयमा सूचिकृत गरिएको हो ।आज आइतबार मृगौला रोगको हेमोडायलाइसिस सेवाको नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट सुचिकृत भएको उहाँले बताउनुभयो ।

अब सम्पूर्ण बिरामीहरुले निःशुल्क सेवा लिने बैधानिक बाटो खुलेको नगरप्रमुख पन्थीले बताउनुभयो । उहाँले अस्पताल प्रशासनलाई अब आर्थिक भार नपर्ने भन्दै गुल्मीबासी सम्पूर्णलाई बधाई दिनुभयो ।

सम्बन्धित शिर्षक :