स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ।मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।संघको उपाध्यक्षमा डा खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य र सह-कोषाध्यक्षमा डा सुमन पौडेल चयन भएका छन्। सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।यसअघि संघको अध्यक्षमा विनोद पौडेल थिए। उनले पाँच कार्यकाल संघको नेतृत्व गरेका थिए।
मुख्य समाचार
तिलोत्तमाका ५सय बढी बिद्यार्थी भएका संस्थागत बिद्यालयमा नर्स अनिवार्य
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका भित्रका विद्यालयमा ५०० बढी बिद्यार्थी भएका ले एकजना नर्स अनिबार्य राख्नुपर्ने भएको छ। नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र ५०० भन्दा बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यायलहरुले अनिवार्य रुपमा एक जना नर्स विद्यालयमा राख्नु पर्ने प्रशासकीय अधिकृत पौडेलले बताए । यस्तै नगरभित्रका बिद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् ।संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्रका असोज ४ गतेदेखि कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि अनुमति दिने निर्णय भएको…
उत्कृष्ठ सेवा पुरस्कार वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पाण्डेलाई
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत आठौ शैलेन्द्र कुमार पाण्डे लाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कृत गरेको छ। निजामती सेवा दिबसका दिन लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले पान्डेलाई १० हजार नगद सहित उत्कृष्ट निजामती कर्मचारी पुरस्कृत गरे । २०७७/०७८को सम्पादित कामको मुल्याकनको आधारमा पान्डेलाई पुरस्कृत गरिएको सचिब डा बिकास देबकोटाले बताए । पान्डे बिगत १९ बर्षदेखी स्वास्थ्य सेवाका कार्यरत रहेका छन । हरेक मन्त्रालयले कार्यमुल्याकनको आधारमा एकजना कर्मचारी लाई पुरस्कृत गर्ने गर्दछ।…
गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु
स्वास्थ्यसमाचार /गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम सुरु भएको छ। तम्घासस्थित अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे/भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा सम्झौता गरेको छ। सम्झौता अनुसार दुई वर्षभित्र अस्पताल निर्माणको काम सम्पन्न गर्नुपर्नेछ। अस्पताल निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत् आयोजना कार्यान्वय हुनेछ। कुनै अवरोध नभए सम्झौता अगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीका साइड इन्चार्ज विष्णु घिमिरेले बताए। उनले एक महिनादेखि फाउण्डेशन निर्माणको काम भइरहेको जानकारी दिए। गुल्मी अस्पताल स्थापना भएको करिब चार दशकदेखि जीर्ण र साँघुरो संरचनाबाट सेवा प्रवाह गर्न…
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा
स्वास्थ्यसमाचार /नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त सत्रमा हुने छलफल र नेपालले पेश गर्ने एजेन्डाबारे जानकारी गराए । ११ वर्षपछि नेपालले अध्यक्षता गर्ने बैठकमा कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाम, खोपको आपूर्ति, गैरकोभिड रोगहरुविरुद्ध जुध्ने रणनीति तथा योजना, सन् २०२३ सम्म दादुरा र रुबेला हटाउने प्रतिबद्धता लगायतबारे छलफल हुने जानकारी गराए । यसअघि पारित भएका एजेन्डाको कार्यान्वयन र चुनौतिविरुद्ध लड्ने साझा लक्ष्यबारे पनि छलफल हुने भएको…
स्वास्थ्य सुरक्षा मापदन्डपुरा गरि भाद्र २७ वाट देवदहनगरपालिका भित्रका विद्यालय खुल्ने
स्वास्थ्यसमाचार /देबदहनगरपालिका रुपन्देहीले यहि भाद्र २७ गते देखी नगरभित्रका सबैबिद्यालय संञ्चालन गर्ने भएको छ ।नगरपालिकाको शिक्षा समितीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा समन्धी सम्पुर्ण मापदन्डपुरा गरि बिद्यालय संञ्चालको कार्यढाचाँ २०७७को अबधिमा रही बिद्यालय संञ्चालन कार्ययाजना बनाई यहि भाद्र २७ गतेबाट बिद्यालय संञ्चालको लागी अनुमित दिने निर्णय गरेको छ । नगरपालिकाका शिक्षा प्रमुख उपसचिब टिकाराम शर्माले भने स्वास्थ्य समन्धी मापदन्ड अनिर्बाय पालनगर्ने र बिद्यालय संञ्चालन गर्नेको लागी आजको बैठकले अनुमति दिने निर्णय गरेको बताए । देबदहनगरपालिका प्रमुख हिरा बहादुर खत्रीले भने कोरोना कहरका बिचपनि सुरक्षा मापदन्ड अपनाएर बिद्यालय संञ्चालन गर्ने बताए…
मोफसलकी युवा प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन : डा वर्षा थापा
स्वास्थ्यसमाचार /सरकारी जागिर त्यसमा पनि कमै उमेरमा उच्च तहमा पुग्नु भाग्यकै कुरा हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४० वर्ष नकट्दै उपल्लो तहमा पुग्ने उच्च अधिकारीहरु छन् । स्वास्थ्य सेवातर्फका १ सय २५ जना सह-सचिवमध्ये १० जना ४० वर्ष नकटेका सहसचिव छन् । ४० वर्ष उमेर नकटदैं स्वास्थ्यका उच्च पदमा पुग्ने लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा वर्षा थापा पनि एक हुन । डा वर्षा थापा लुम्बिनी प्रादेशिक अस्पतालकी प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन हुन् । स्वास्थ्यका ४० वर्ष नकटेका सहसचिवहरुमा उनी पनि पर्छिन् ।उनले वि सं २०७५ साउनमा ९ औं तहमा…
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने
स्वास्थ्यसमाचार/पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको १ करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ । तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ । जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका…
स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको निर्देशन
स्वास्थ्यसमाचार/आज देशभर नेपाली कांग्रेसको वडा तहको अधिवेशन हुँदैछ । कांग्रेसको अधिवेशनमा सहभागी हुँदा अनिवार्य रुपमा स्वासथ्य मापदण्ड अपनाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन। आज भिडियो सन्देश जारी गर्दै देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण गर्नुपरेको अधिवेशनमा सामाजिक दूरी कायम गर्ने आग्रह गरे । ८ लाख भन्दा बढी क्रियाशिल सदस्यहरु अधिवेशनमा सहभागी हुने कांग्रेस सभापति देउवाले बताए ।
जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर अस्पतालभित्रै कुटिए
स्वास्थ्यसमाचार/ भदौ ११ गते दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्टेन्ट डा विनोद सिंह माथि केही युवा समूहले कालोमोसो दलेर भागे। त्यसको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीहरुले आन्दोलन पनि गरे। यो घटना भएको एक साता बित्न नपाउँदै जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ। बिहीबार दिउँसो साढे तीन बजे केही अज्ञात समूहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्। अपरिचित समूहले अस्पतालमा कार्यरत अहेब देवेन्द्रकुमार ठाकुरलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले वताए ।दिउँसो साढे तीन बजेतिर अस्पतालमा काम गरिरहेका ठाकुरलाई बाहिर बोलाएर ग्राउण्डमा कुटपिट गरिएको थियो ।डा यादवकाअनुसार…