उत्कृष्ठ सेवा पुरस्कार वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पाण्डेलाई

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत आठौ शैलेन्द्र कुमार पाण्डे लाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कृत गरेको छ।

निजामती सेवा दिबसका दिन लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले पान्डेलाई १० हजार नगद सहित उत्कृष्ट निजामती कर्मचारी पुरस्कृत गरे ।

२०७७/०७८को सम्पादित कामको मुल्याकनको आधारमा पान्डेलाई पुरस्कृत गरिएको सचिब डा बिकास देबकोटाले बताए । पान्डे बिगत १९ बर्षदेखी स्वास्थ्य सेवाका कार्यरत रहेका छन । हरेक मन्त्रालयले कार्यमुल्याकनको आधारमा एकजना कर्मचारी लाई पुरस्कृत गर्ने गर्दछ।

२०६१ सालदेखि प्रत्येक वर्ष भदौ २२ गतेका दिन सरकारले निजामती सेवा दिवसका दिन पारेर उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।

सम्बन्धित शिर्षक :