स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना पीसीआर परिक्षण २५ सयमा गर्ने भएको छ । यसरी परीक्षण गरिएकाको रिपोर्ट सोही दिन दिइनेछ ।परीक्षण क्षमता वढाएर दैनिक ४र५ शयको परीक्षण गर्न सकिने छ । विरामी, उच्च जोखिममा परेकाहरूको हकमा निशुल्क परीक्षण गरिने र उनीहरूको हकमा २४ घन्टाभित्र रिपोर्ट दिइने छ । यसवाहेक सिकिस्त वा डाक्टरले आवश्यक छ भन्ने लागेमा त्यस्ता व्यक्तिको हकमा पनि साविक वमोजिम हुने कुरा अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । यस अघि पहिलो पटक रु ५५ सयमा परीक्षणभएको थियो भने पछिल्लो समय रु ४४ सय रहेकोछ । २५…
मुख्य समाचार
तिलोत्तमामा स्वास्थ्य संस्था भवन उद्घाटन र शिलन्यास
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबार एउटा सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र अर्को स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको हो । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं. ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र निर्माणको काम भैरहेको छ । हालसम्म तिलोत्तमाका दश वटा वडामा सरकारी…
नवलपरासी पश्चिमका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु
स्वास्थ्यसमाचार/ बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत नवलपरासी पश्चिमका सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको छ । अस्तालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले वताए । कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखछ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालले सबै कर्मचारीको कोरोना विमा गरिदिने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आफना सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने भएको छ ।आज एक सुचना प्रकाशित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने अस्पतालले जनाएको छ । अस्पतालले ३ दिन भित्र आफना कर्मचारीको सबै बिबरण मागेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोना महामारी रुपलिन थालेपछि अस्पताललका सबै चिकित्सक स्वास्थ्यकर्मि अस्थायी ज्यालादारी सबैको बिमा गरिदिने निर्णय गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले सम्म चिकित्सक नर्स तथा अन्य कर्मचारी गरि ३२ जनामा कोरोना संक्रमण देखीएको अस्पतालले जनाएको छ ।
गौतमबुद्ध मुटु अस्पतालले ४ सय २६ मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा गरिदिने
स्वास्थ्यसमाचार / बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई केहि भएपनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए ।…
कोरोनाको कारण देखाउदै रुपन्देहीका ५ पालिकामा नियमिति खोप बन्द
स्वास्थ्यसमाचार / रुपन्देहीका पाँच स्थानीय निकायले संघिय र प्रदेश सरकारको निर्णय उल्घन गरि आफनो निर्णय लागु गरि बालबालिको खोपलगाउने अधिकारलाई बञ्चीत गराएका छन। संघिय सरकार र प्रदेश सकारले वालबालिका लाई खोप लगाउने कार्यलाई निरन्तरता दिन सबै जिल्ला स्थानिय र नगर लाई परिपत्र गरेको थियो । सरकारको परिपत्रलाई उल्लघन गदै रुपन्देहीका ५पालिका तिलोत्तमा नगरपालिका सैनामैना नगरपालिका कञ्चन गाउँपालिका ओमशतिया गाउँपालिका र रोहणी गाउँपालिका ले खोप सेवा बन्द गरेका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार तिनगरपालिका गाउँपालिका लाई खोप नरोक्न आग्रह गर्दा समेत गाउँपालिकाले नमानी आफनो निर्णय गरेर बन्द गरेको जनाएको…
बुटवलमा सडक बेसाहराको उद्धार र निशुल्क पिसिआर परीक्षण
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निशुल्क पिसिआर परीक्षण थालेको छ । बुटवललाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ । आफन्त विहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसाहराहरुलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उदेश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वताए । लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरुको उद्धार गरि बुटवल स्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले वताए । यसमध्ये आठ जनाको पिसिआर…
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसीयू सेवा बन्द
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकमी लाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द भएको छ । एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। केही दिन अघि एनआइसियु सेवामा काम गर्ने ५ जनामा कोरोना देखिएकोमा आज थप २ जनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए । उनका अनुसार त्यसरी संक्रमित हुनेहरुमा नसिंड स्टाफ र सहयोगीहरु हुन् । एनआइसियूमा ८ बेड रहेका छन् । अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना…
प्रदेश सरकार कोरोना रोकथाम र उपचारमा फितलो :काग्रेस प्रदेश ५संसदीय दल
स्वास्थ्यसमाचार/ काङग्रेस संसदिय दल प्रदेश ५ ले प्रदेश नं. ५ को कोरोना संक्रमण रोकथाम तथा उपचार सम्बन्धि तयारी निकै फितलो देखिएको भन्दै मुख्यमन्त्री शंकर पोखरेललाई ९ बुँदे सुझाव दिएको छ । संसदीय दलले कोरोना संक्रमण न्युनिकरण र निवारण साथै समसामयिक परिस्थितिलाई सम्बोधन गर्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा ९ बुँदे सुझाव दिएको हो । काङग्रेसले निरन्तर सल्लाह, रचनात्मक सुझाव सहित खबरदारी गर्दै आईरहेको छ । संसदीय दलका नेता बीरेन्द्र कुमार कानोडियाले प्रदेशको विभिन्न जिल्ला र पालिकाहरुमा पनि लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको…
बुटबलमा डायलासिस गराउने विरामीको निःशुल्क पीसीआर परीक्षण
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलासिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण सुरु भएको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलासिस का सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए । पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थाकालाई बसेको स्थानै समेत पुगेर परीक्षण गर्नेगरि काम सुरु भएको प्रमुख सुवेदीले वताए । उनले…