लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसीयू सेवा बन्द

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकमी लाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द भएको छ ।

एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

केही दिन अघि एनआइसियु सेवामा काम गर्ने ५ जनामा कोरोना देखिएकोमा आज थप २ जनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए । उनका अनुसार त्यसरी संक्रमित हुनेहरुमा नसिंड स्टाफ र सहयोगीहरु हुन् । एनआइसियूमा ८ बेड रहेका छन् ।

अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको छ ।डा. गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा अहिलेसम्म २० जना कर्मचारीमा कोरोना संक्रमण देखिइसकेको बताए ।

सम्बन्धित शिर्षक :