सरकारी तथा निजी प्रयोगशाला पिसिआर परीक्षण शुल्क २ हजार

स्वास्थ्यसमाचार /सरकारले सबै अस्पतालमा पिसिआर परीक्षणको शुल्क घटाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको वताए ।

देभभर ११ निजीसहित ४७ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सःशुल्क कोरोना परीक्षण हुन्छ।

कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरु, स्वास्थ्यकर्मी लगायतको भने निःशुल्क परीक्षण हुने गर्छ।देशमा हरेक दिन औषत साढे ११ हजारको पीसीआर परीक्षण गरिने गरेको छ ।

सम्बन्धित शिर्षक :