नवलपरासी पश्चिमका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत नवलपरासी पश्चिमका सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको छ ।

अस्तालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले वताए ।

कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखछ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।

सम्बन्धित शिर्षक :