लुम्बिनी प्रादेशिक अस्पतालले २५ सयमै कोरोना पीसीआर गर्ने

बिरामी र अशक्तको लागी निशुल्क

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना पीसीआर परिक्षण २५ सयमा गर्ने भएको छ ।

यसरी परीक्षण गरिएकाको रिपोर्ट सोही दिन दिइनेछ ।परीक्षण क्षमता वढाएर दैनिक ४र५ शयको परीक्षण गर्न सकिने छ । विरामी, उच्च जोखिममा परेकाहरूको हकमा निशुल्क परीक्षण गरिने र उनीहरूको हकमा २४ घन्टाभित्र रिपोर्ट दिइने छ ।

यसवाहेक सिकिस्त वा डाक्टरले आवश्यक छ भन्ने लागेमा त्यस्ता व्यक्तिको हकमा पनि साविक वमोजिम हुने कुरा अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

यस अघि पहिलो पटक रु ५५ सयमा परीक्षणभएको थियो भने पछिल्लो समय रु ४४ सय रहेकोछ । २५ सयमा सोमबारदेखि लागू हुनेगरी निर्णय गरिएकोअस्पतालका मेसु खनालले बताए । त्यस्तै नेपालमा यस अगाडि नोबेल शिक्षण अस्पतालले २ हजार ६ सयमा पिसिआर परीक्षण सुरु गरेको छ।

सम्बन्धित शिर्षक :