कोरोनाको कारण देखाउदै रुपन्देहीका ५ पालिकामा नियमिति खोप बन्द

बैकल्पीक ब्यबस्था गरेर भएपनि खोप नियमिति चलाउ :डा झलक शर्मा खोप प्रमुख स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्यसमाचार / रुपन्देहीका पाँच स्थानीय निकायले संघिय र प्रदेश सरकारको निर्णय उल्घन गरि आफनो निर्णय लागु गरि बालबालिको खोपलगाउने अधिकारलाई बञ्चीत गराएका छन।

संघिय सरकार र प्रदेश सकारले वालबालिका लाई खोप लगाउने कार्यलाई निरन्तरता दिन सबै जिल्ला स्थानिय र नगर लाई परिपत्र गरेको थियो । सरकारको परिपत्रलाई उल्लघन गदै रुपन्देहीका ५पालिका तिलोत्तमा नगरपालिका सैनामैना नगरपालिका कञ्चन गाउँपालिका ओमशतिया गाउँपालिका र रोहणी गाउँपालिका ले खोप सेवा बन्द गरेका छन ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार तिनगरपालिका गाउँपालिका लाई खोप नरोक्न आग्रह गर्दा समेत गाउँपालिकाले नमानी आफनो निर्णय गरेर बन्द गरेको जनाएको छ ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा ५ वटा स्थानियले आफनो निर्णय लागु गरेको र जिल्लाको अनुरोध नमानेको बताए ।

हामीले उहाहरुलाई पटक पटक भनेका छौ खोप नरोकौ स्वास्थ्यकर्मिमा कोरोना संक्रमण देखीएका लाई क्यारेन्टाईन होम आईसोलेशनमा बसाऔ अरु संक्रमित नभएकालाई खोपकेन्द्रमा परिचालित गरि खोप लगाउन आग्रह गरेका हौ तर सुन्नुभएन । कञ्चन गाउँपालिकाका बच्चालाई बुटबलमा खोपलगाउन आउन कति समस्या भयो पहिलो कुरा सवारी साधनको समस्या अर्काेकुरा टाढाबाट आउन उस्तै समस्या के कञ्चनकामा कोरोना देखीने र फैलेने डर हुने बुटबलम हुदैन शर्माले भने ।

उहाले नियमित खोप रोक्न नहुने बताए । तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले भने कोरोनाको संक्रमण समुदायमा उच्च फैलिएकोकारण नियमिति खोप एक महिना रोकेको बताए।अब यो खोप नियमिति गर्ने उनले बताएका छन ।नगरपालिकामा कुनै स्वास्थ्यकर्मिलाई कोरोनासंक्रण नदेखीएको पौडेलले बताए।

उनले नगरपालिकामा खोपलगाउने ९हजार ६सय ७५ बच्चा रहेको बताए । पौडेलले भने हामी कोरोना संक्रमण देखीएपछि बैसाखमा १ महिना र भाद्रमा १ महिना नियमिति खोप रोकेको बताए ।

उता सैनामैनामा पनि खोप कञ्चनमा समुदायस्तरमा कोरोना संक्रण फैलिएपछि नियमित खोप रोकेको सैैनामैना नगरपालिका स्वाथ्य संयोजक हेमराज पन्थीले बताए । उनले नगरपालिकामा ४२सय बालबालिका खोपलगाउने उमेरका रहेको बताएका छन । सैनामैना नगरपालिकाका स्वास्थ्यसंस्थामा ४२ स्वास्थ्यकर्मि कार्यरत रहेको संयोजक पन्थीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप महाशाखा प्रमुख डा झलक शर्माका अनुसार कुनैपनि पालिका ले खोपरोक्न नहुने बताए। हामीले खोप लगाउने मापदन्ड बनाएका छौ त्यहि मापदन्डका आधारमा खोपलगाउने हो कोरोना कहिले सम्म रहन्छ कस्लाई थाहछ अनि खोप रोक्ने र बालवालिकाको अधिकार हनन गर्ने यस्तो गर्न नमिल्ने डा शर्माले बताए ।

डा शर्माले भने खोप लगाउने स्वास्थ्यकर्मिलाई कोरोना संक्रमण देखीएपनिबैकल्पीक ब्यबस्था गरेर खोपलाई नियमिति गर्नुपर्ने उनको भनाई छ ।अहिले नेपालमा १२ प्रकारका खोप निशुल्क गराउने गरेको छ ।

सम्बन्धित शिर्षक :