लुम्बिनी प्रादेशिक अस्पतालले सबै कर्मचारीको कोरोना विमा गरिदिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आफना सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने भएको छ ।आज एक सुचना प्रकाशित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने अस्पतालले जनाएको छ ।

अस्पतालले ३ दिन भित्र आफना कर्मचारीको सबै बिबरण मागेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोना महामारी रुपलिन थालेपछि अस्पताललका सबै चिकित्सक स्वास्थ्यकर्मि अस्थायी ज्यालादारी सबैको बिमा गरिदिने निर्णय गरेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले सम्म चिकित्सक नर्स तथा अन्य कर्मचारी गरि ३२ जनामा कोरोना संक्रमण देखीएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :