प्रदेश सरकार कोरोना रोकथाम र उपचारमा फितलो :काग्रेस प्रदेश ५संसदीय दल

स्वास्थ्यसमाचार/ काङग्रेस संसदिय दल प्रदेश ५ ले प्रदेश नं. ५ को कोरोना संक्रमण रोकथाम तथा उपचार सम्बन्धि तयारी निकै फितलो देखिएको भन्दै मुख्यमन्त्री शंकर पोखरेललाई ९ बुँदे सुझाव दिएको छ ।

संसदीय दलले कोरोना संक्रमण न्युनिकरण र निवारण साथै समसामयिक परिस्थितिलाई सम्बोधन गर्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा ९ बुँदे सुझाव दिएको हो । काङग्रेसले निरन्तर सल्लाह, रचनात्मक सुझाव सहित खबरदारी गर्दै आईरहेको छ ।

संसदीय दलका नेता बीरेन्द्र कुमार कानोडियाले प्रदेशको विभिन्न जिल्ला र पालिकाहरुमा पनि लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको बताएका छन् । उनले मुख्यमन्त्री पोखरेललाई यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गर्न माग गरे ।

यस्तो छ मुख्यमन्त्री पोखरेललाई दिईएको नौ बुदे सुझाव नेपाली कांग्रेस संसदीय दल प्रदेश नं. ५ ले कोरोना संक्रमण न्युनिकरण र निवारण साथै समसामयिक परिस्थितिलाई सम्बोधन गर्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा निरन्तर सल्लाह, रचनात्मक सुझाव सहित खबरदारी गर्दै आईरहेको छ ।
प्रदेश सरकार प्रदेश नं ५ को कोरोना संक्रमण रोकथाम तथा उपचार सम्बन्धि तयारी निकै फितलो देखिएको छ जसका कारण लक्षण सहितका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनु परिरहेको अवस्था छ ।

प्रदेशको विभिन्न जिल्ला र पालिकाहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन ।

कतिपय स्थानमा संक्रमण समुदायमै फैलिसकेको छ । निषेधाज्ञा लगाउनेरनलगाउने निर्णय स्थानीय प्रशासनले गरेको भन्ने बहाना बनाएर प्रदेस सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ । हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं ।

साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र आम नागरिकले भोग्नु परेका आर्थिक तथा सामाजिक सङ्कट समाधानकालागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न जोरदार माग गर्दछौं । आज सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जादैछ र नागरिक जीवन अत्यन्त संकटमा छ ।

यस अवस्थामा फेरि पनि हामी तत्कालै गर्नु पर्ने केही कामहरुका बारेमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं मुख्यमन्त्री लाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक :