स्वास्थ्यसमाचार /रुपन्देहीमा आईतवार फाईजर खोप लगाईने भएको छ।पहिलो खोप लगाएका र दोश्रो खोप लगाउन बाँकी ३ सय १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीमा आएको फाईजर खोप पहिलो मात्र लगाएका र बिचमा लगाउन छुटेका बाकी ३ सय १८ जनालाई आईतबार खोपलगाउने बताए। पहिलो डोज लगाएका वालवालिका दिर्घरोगीले आईतबार लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा आईखोप लगाउन आग्रह गरेका छन । कोभिडविरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दीर्घ रोगीलाई…
नर्सिङ
जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ – स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार /ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ ।जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो । मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयले सुझाव दिएको छ । यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६…
क्यान्सरको उपचार नेपालमै सम्भव छ विदेश जानु जरुरी छैन:डा पण्डित
स्वास्थ्यसमाचार/हरेक किसिमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भव भएको हुदाँ त्यसको पहिचान, पहिचानपछि उपचारको सुरुवातमा ढिलाई गर्न नहुने क्यान्सर रोग विशेषज्ञहरुले सुझाव दिएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र नेपाल बाल कल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा भैरहवामा मंगलबार आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले उक्त सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै बाल क्यान्सर रोग विशषज्ञ डाअन्जली पण्डितले भनिन्, ‘क्यान्सर धनी गरीब जोसुकैलाई हुन सक्छ । भोलिका दिनमा मलाई पनि हुन सक्छ, तपाईलाई पनि हुन सक्छ । यसैले क्यान्सर भयो भन्दैमा…
अन्तर्राष्ट्रिय कण्डम दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालमा बक्तृत्वकला
स्वास्थ्यसमाचार /अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक–कर्मचारीहरु सहभागि प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए । अस्पतालको आयोजना तथा एएचएफको सहकार्यमा सो प्रतियोगिता गरिएको स्वास्थ्यकर्मी तथा कार्यक्रम संञ्चालक भिम ज्ञवालीले जानकारी दिए ।एचआइभी एड्सरयौनरोग र कण्डम बिषयक वक्तृत्वकला प्रतियोगितामा डा.शम्भु खनाल प्रथम,सोनी केसरी दोश्रो ,बसुन्धरा भुसाल तृतीय र बसन्ती कोइरीले सान्त्वना स्थान हासिल गरेका छन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि मेडिकल सुपरिटेन्डेन्ट डा.ईन्द्र ढकालले कण्डमको प्रयोगबारे अझैपनि केहि गलत धारणाहरु कायमै रहेको भन्दै ९८ प्रतिशत सुरक्षित अस्थायी साधन…
राष्ट्रिय स्वास्थ्य कर्मीसंघ पाल्पा द्धारा कार्यलय प्रमुखलाई स्वागत
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पामा आउनु भएको कार्यालय प्रमुख डा.राजेन्द्र गिरी र जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेल लाई स्वागत गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीबाट डा राजेन्द्र गिरी, र नबलपरासीबाट सरुवा भएर आएका जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेललाई स्वागत गरिएको हो । कार्यक्रम राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पा जिल्ला अध्यक्ष रेम बहादुर दिशा मगरको अध्यक्षतामा , प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य श्री यम बहादुर चिदी, नेपाल स्वास्थ्य प्राबिधिक संघ पाल्पा जिल्ला अध्यक्ष श्री झपेन्द्र न्यौपाने लगायत स्वास्थ्यकर्मी हरुको उपस्थितिमा स्वागत कार्यक्रम…
गरिब देशमा क्यान्सरबाट ७० प्रतिशत मानिसको मृत्यु
स्वास्थ्यसमाचार/क्यान्सर रोगबाट हुने मृत्युमध्ये सबैभन्दा बढी निम्न आय भएका देशहरु रहेको तथ्यांकले देखाएको छ।शुक्रबार विश्व क्यान्सर दिवसको कार्यक्रममा ‘नेपालमा क्यान्सर रोग र चुनैती’को विषयमा प्रस्तुतीकरण गर्दै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कम र मध्यम आय भएका देशहरुमा क्यान्सरबाट ७० प्रतिशत मृत्यु हुने गरेको जनाएको हो। क्यान्सर रोग लाग्नुका कारण समयमै रोगको पहिचान हुन नसक्नु, उपचारको उचित व्यवस्थापन नहुनु र उपचारको पहुँच सिमित वर्गमा हुनु प्रमुख रहेको माहाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले बताएका छन्। क्यान्सर रोगको बारे तथ्य प्रस्तुत गर्दै उनले भने, ‘लगभग २२ प्रतिशत क्यान्सरबाट मृत्युको…
पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु
स्वास्थ्यसमाचार/पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको छ । बगनासकाली गाउँपालिकाले स्थानीय नागरिकहरुलाई प्रसुती सेवा दिने उदेश्यले खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको हो । बर्थिङ सेन्टरको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिकाका ४ वटा वडाहरुमा बर्थिङ सेन्टर संचालन भएको बताउनुभयो । अध्यक्ष बस्यालले गाउँपालिकाको दर्लम र यम्घामा पनि बर्थिङ सेन्टर सुरु गर्न लागिएको बताउदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिकाले कुनै कसुर वाँकी नराखेको उल्लेख गर्नुभयो । यस अघि गाउँपालिकाका वडा नं ९ चापपानी, वडा नं ४ खानिछाँप र वडा नं ३ नायरनमतलेसमा बर्थिङ सेन्टर संचालन…
७९ वर्षीया देवकलीलाई बोकेर खोप केन्द्र पुर्याउँदै स्वंयसेविका लिला
स्वास्थ्यसमाचार/ गुल्मीदरबार गाउँपालिका–३ धारापानीकी ७८ वर्षीया देवकला टण्डनले खोप केन्द्रसम्म पुग्न नसकेकोले कोभिडविरुद्धको खोप अहिलेसम्म लगाउन पाएकी थिइनन् । शुक्रबार उनलाई स्वास्थ्य स्वंयसेविका लिला थापाले बोकेर खोपकेन्द्रसम्म पु¥याइन्, खोप लगाएपछि बोकेर नै घरमा ल्याइन् । खोप लगाउन बोकेर लैजाँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि लिला भाइरल भएकी छन् । स्वास्थ्य स्वयंसेविका लिलाका अनुसार, धारापानी टोलमा तीन घर मात्रै छन् । त्यो टोलमा जाने सडक छैन् । गोरेटो बाटो छ । त्यही बाटोमा बोकेर थापाले देवकलालाई खोपकेन्द्र पु¥याइन् । ‘घरमा पुगेर बोक्न सक्छु कि भनेर प्रयास गरे, सक्नेरहेछु, आमाले पनि…
लुम्बिनीमा कुष्ठरोगीको संख्या बढदो :नखुल्दा निवारणमा समस्या
स्वास्थ्यसमाचार/ सरकारले २०६६ साल माघ १० माताम झामका साथ कार्यक्रम गरी सन २०२० को अन्त सम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो।प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो। तर, सरकारी रणनीति लुम्बिनी प्रदेशमा सफल हुन सकेको छैन।लुम्बिनी प्रदेशका वाके कपिलबस्तु र रुपन्देहीमा प्रति दश हजार जन संख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।शून्य कुष्ठरोगका लागी हाम्रो प्रतिबद्धता आत्मसम्मानका लागी ऐक्यवद्धता भन्ने मुलनाराका साथ ६९औ विश्व कुष्ठरोग दिवस मनाईएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय ले दाडमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशमा कुष्ठरोगीको संख्या…
रुपन्देहीमा माघ १७ देखी २० सम्म विद्यालयमै मोडर्ना खोप लगाईने
स्वास्थ्यसमाचार /रुपन्देहीमा माघ १७ गते देखी तिन दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइने भएको छ ।विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि बिद्यालय संञ्चालन हुने भएका हुन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले भने रुपन्देहीका १२ देखी १७ बर्ष सम्मका १लाख ३४ हजार५ सय ३१ वालवालिका लाई बिद्यालयमै गएर खोप लगाउने बताए ।अहिले सम्म रुपन्देहीका सैनामैना नगरपालिका र सियारी गाउँपालिकाका सबै बिद्यार्थीले र तिलोत्तमा नगरपालिकाका १७ हजार बिद्यार्थीमध्ये ८ हजार ७ सय ४० गरि २३ हजार ६सय बिद्यार्थीहरुले कोरोना बिरुद्धका मोडर्नाे खोप…