स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाई निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत आज म्याराथुन प्रतियोगिता भएको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत भएको म्याराथुन बुटबलको योगीकुटीबाट सुरु भै लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन को संयोजक राम प्रसाद अर्याल ले बताए । म्याराथुन प्रतियोगिता महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो…
जीवनशैली
गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ
सन्तोष महतारा गुल्मी ८ फागुन गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रालिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रालिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले बताए । तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्दै विद्यार्थीहरुका लागी स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।विद्यालयमा बिद्यार्थि अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए । हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता…
बच्चा नबढ्ने र नमोटाउने कारण कुपोषण हो कि कसरि पत्ता लगाउने
कुनै बच्चाको शारीरिक विकास उसको समूहका बच्चाको वजन चथा मानसिक समाजिक विकासभन्दा कम हुन्छ भने त्यसलाई बच्चा नबढेको भनिन्छ । यदि बच्चाको वजन तेस्रो पर्सेन्टाइलभन्दा कम हुन्छ भने वा ९७ पर्सेन्टाइलभन्दा बढी हुन्छ भने बच्चालाई नबढेको वा बढी भएको भनिन्छ । यसलाई २ भागमा बाँड्न सकिन्छ । १ आङ्गिक कारण २ मनोवैज्ञानिक तथा सामाजिक कारण । धेरैजसो कम वजन भएर जन्मेका बच्चाहरु तथा गरिबीको भुमरीमा जन्मेका बच्चाहरु नै यसका शिकार भएका हुन्छन् । आङ्गिक कारण कैयैँ हुन सक्छन् । पाचन प्रणली,मुत्र प्रणाली,मुटु र फोक्सो प्रणली, इन्डोक्राइब, स्नायुजन्म, संक्रमण, मेटाबोलिक, जन्मजात,…
दादुरा रुबेला खोप अभियानः मुख्यमन्त्री पोखरेलद्वारा शुभारम्भ
स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनाबाट प्रदेश ५ मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । सैनामैनाको पर्रोहा क्याम्पसमा राखिएको खोप केन्द्रमा आएका बाल बालिकालाई खोप दिएर विहिबार प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले विधिवत रुपमा अभियानको शुभारम्भ गरेका छन् । सो अबसरमा बोल्दै मूख्यमन्त्री पोखरेलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सक्यौ भने मात्रै खोप अभियान सार्थक हुने उल्लेख गरे ।फरक प्रसँगमा मूख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालसँग जोडिएका सटरहरुका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएका कारण सटरहरु भत्काइएको बताए । अस्पताललाई विशेषज्ञ सेवासहित विशिष्टकृत गर्नका लागि सरकारले राष्ट्रय…
दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…
शुन्य पोलिथिन घोषणा मात्र होइन,कार्यान्वयन पनि कडाइपुर्वक :नगरप्रमुख घिमिरे
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले थालेको खुला शुन्य पोलिथिन अभियान अन्तर्गत शनिबार ३६ मौजा नहर सफाई गरिएको छ । ३६ मौजा सिंचाई प्रणालीको अगुवाइमा सयौं किसानहरुले नहर सफाई गरेका हुन् । नहरसफाई कार्यक्रमको उदघाटन योगिकुटीमा नगरप्रमुख वासुदेव घिमिरे र जमुहानीमा उपप्रमुख जगेश्वरदेवी चौधरीले गरेका थिए । ३६ मौजा सिंचाई प्रणाली अन्तर्गत करिव ३५ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ । कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्नेगरी नगरपालिकाले थालेको अभियानलाई साथ दिंदै किसानहरु आफै नहरभित्र पसेर फोहर संकलनमा जुटेका हुन् । ३६ मौजा अन्तर्गतका सातवटा क्षेत्रमध्ये वडा नम्बर १ र २ को योगीकुटी,…
नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको संख्या ८३ प्रतिशत
स्वास्थ्यसमाचार/ जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीले सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ। सर्ने रोग र नसर्ने रोगको विषयमा पत्रकारहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन । कार्यक्रममा रायपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा पालत गिरीले अहिले सर्ने भन्दा नसर्ने रोगकाबाट बढि मानिसको मृत्यु भएको बताएका छन ।उनले ८३ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको बताएका छन । धुम्रापान मध्यपान अस्वस्थ्यकर खानपान शारिरीक निस्कृयताको कारण नसर्नेरोग तत्काल नदेखीएपनि मानिसलाई अन्तिम अबस्थामा दुख दिने बताए ।सचेत अपनाउनेहो भने नसर्नेरोगको जोखीम कमगराउन सकिने डा गिरीले बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका क्षय कुष्ठ…
जलबायु परिर्वतनले स्वास्थ्यमा गम्भीर असर, कुपोषण देखी टाईफाईडका रोगी बढ्दै
स्वास्थ्यसमाचार /रुपन्देही कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर/ अध्यक्ष पालिका स्वास्थ्य संयोजक सामाजीक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधि लाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिने पैरवी कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्यमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिन कार्यक्रम सम्पन्न भएको हो। तालिममा जलवायु बिज्ञ डा यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिए । तिन जिल्लाका १४ पालिका र समाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि…
नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु
स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ। महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम…
अस्पताममै रहेकी ठगिसरा मन्त्रीको पहलमा घर फर्किईन
स्वास्थ्यसमाचार/ आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै)को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो । मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो । ८४ दिन अस्पतालमा भर्ना हुदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय…