चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार १९ चैत्र/ रुपन्देहीमा टाइफाईड रोगविरुद्धको खोप चैत्र२२ गते देखी सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २लाख ६६ हजार ५सय १८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो। बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २२ देखी २८ सम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए। उनले खोप अभियान सफल बनाउन जिल्लामा स्वास्थ्यकर्मिलाई तालिम संञ्चालन गरिएको छ। यो खोप संञ्चालन गर्नको लागी…
औषधीका-कुरा
टाइफाइडविरुद्धको खोप लगाएपछि कस्ता असर देखिन्छन: यि व्यक्तिले लगाउनु हुँदैन?
स्वास्थ्यसमाचार/ सरकारले यही चैत २५ देखि वैशाख १८ सम्म सरकारले पहिलोपटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइन्छ। टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको। जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ। यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण…
गुल्मीमा अक्सिजन प्लान्ट पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीद्धारा उद्घाटन
स्वास्थ्यसमाचार/गुल्मीमा अक्सिजन प्लाण्ट उद्घाटन गरिएको छ। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित प्लाण्टको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन्। सो अवसरमा उपमहासचिव ज्ञवालीले तत्कालिन केपी ओली नेतृत्वको सरकारले देशमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्वास्थ्य बिमा र सरकारी मेडिकल संचालन गरेर जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कामहरु गरेको बताए। तिव्र कोभिड संक्रमण र अक्सिजनको अभाव भइरहेका बेला पत्रकार महासंघ गुल्मीले अभियान संचालन गरी सरकारी क्षेत्रसंगको समन्वयमा प्लाण्ट संचालन गरेर देशमै उदाहरणीय काम गरेको ज्ञवालीले बताए। जिल्लामा कोभिड/१९ को कारण अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि…
पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खतिवडाले नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए । त्यस्तै सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । उनले मातहतका…
लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कामा सेटिङ गरेको भन्दै एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा
स्वास्थ्यसमाचार/नेकपा एमालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको सात अर्बको भवन ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउन खोज्नु र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी भएको जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री केसी नै सेटिङमा सहभागी भई सरकारलाई डेढ अर्ब नोक्सान पुयाउन संलग्न भएको भन्दै एमालले मुख्यमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएको हो । एमालले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार…
दुर्गम जाने डाक्टरलाई लुम्बिनी प्रदेश सरकारले अतिरिक्त सुविधा दिने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकहरुको चरम अभाव भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको छ। यस सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी प्रदेश सरकार मन्त्रीपरिषदमा स्विकृतिको लागि प्रस्ताव पेश गरिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका शाखा अधिकृत कृष्ण प्रसाद पराजुलीले बताए । चिकित्सकहरु शहर केन्द्रित भए गाउँमा जान नमानेपछि स्वास्थ्य मन्त्रालयलले यस्तो बिषेश ब्यबस्था ल्याएको पराजुलीले बताए । प्रदेश अन्तर्गतका प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सक लाई दुर्गम तथा विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा परिचालन गरी प्रदेशको स्वास्थ्य सेवालाई…
रुपन्देहीमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बिविध कार्यक्रम
स्वास्थ्यसमाचार/ नेपाल डेन्टल एसोसिएसन रुपन्देही शाखाले विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।‘आ–आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ आइतबार यो दिवस मनाइएको हो । दिवसका अवसरमा दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा जनचेतनामूलक र्याली, आश्रममा खाद्यन्न सहयोग, निःशुल्क दन्त परिक्षण र रक्तदान लगायतका कार्यक्रम सम्पन्न गरिएको नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका उपाध्यक्ष डा दिपेन्द्र पोखरेलले जानकारी दिए । आइतबार बिहान बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालबाट सुरु भएको मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्याली ट्राफीक चोकसम्म पुगेर प्रादेशीक अस्पतालमै फर्कीएको थियो । र्यालीमा डाक्टर, डेन्टल एसिस्टेन्ट, विद्यार्थीहरु समेत…
मर्चवारी गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा सार्वजनिक
स्वास्थ्यसमाचार/ मर्चवारी गाउँपालिका कोरोना विरुद्धको खोप अभियानमा पुर्ण खोप घोषणा भएको छ । गाउँपालिकामा रहेका ३६ हजार जनालाई खोप लगाईएको सुनिश्चितता भएपछि पुर्ण खोप घोषणा गरिएको हो । रायपुर प्राथमिक उपचार केन्द्रमा कार्यक्रमको आयोजना गरि पुर्ण खोप घोषणा गरेको हो ।पुर्ण खोप घोषणामा बोल्दै रुपन्देहीका प्रमुख रिषिराम तिवारीले छोटो समयमा मर्चवारी गाउँपालिकाले पुर्ण खोप घोषणा गरेर नेपालमा पहिलो गाउँपालिका पुर्ण खोपको रुपमा चिनाउन सफल भएको बताए । रुपन्देही पहिलोपटक खोप लगाउँदा देखिएको चुनौतीले गर्दा पुर्ण खोप घोषणा गर्न २ आर्थिक वर्ष लाग्ने आंकलन गरेपनि ९–१० महिना भित्र नै पुर्ण खोप…
लुम्बिनी प्रदेशमा सिकलसेल एनिमियाका विरामीको संख्या बढदो
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सिकलसेल एनिमिया विरामीको संख्या वढदो अबस्थामा रहेको छ।नेपालमा सिकलसेल एनिमियाका रोगी ४ हजार रहेको र त्यसमा ७५ प्रतिशत अर्थात ३ हजार लुम्बिनी प्रदेशमा रहेका छन। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलेको आयोजनामा गरेकोे सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि कार्यशाला गोष्ठी मा उक्त कुरा बताईएको हो।कार्यशाला गोष्ठीको एक समारोहका विच लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि ईन्द्र जित थारुले उदघाटन गरे ।उद्घाटन समारोहमा बोल्दै मन्त्री थारुले यो रोगको लागी दिर्घकालिन रुपमा समाधान खोजेर अघिबढनु पर्ने बताए । उनले निति बनेपनि कार्यन्यन पक्ष फितलो…
गृहमन्त्री खाँणद्धारा लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास
स्वास्थ्यसमाचार /रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक कार्यक्रमका बीच १५ शैय्याका अस्पतालको शिलान्याश गरिएको छ ।गृहमन्त्री वालकृष्ण खाँडले एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री वालकृष्ण खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकामा नगरप्रमुख मनमोहन चौधरीले अस्पताल निमार्ण सम्पन्न भैसकेपछि उपचार गर्न सहज हुने बताए । अस्पताल सञ्चालनमा आएपछि लुम्बिनीबासीका लागी उपचारमा सहज हुने भएको छ। अस्पताल शिलान्यासमा लुम्बिनी प्रदेशका पर्यटन…