स्वास्थ्यसमाचार /भैरहवाको भिम अस्पतालमा पुन डा. शकुन्तला गुप्ता आउनु भएको छ। लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले डा गुप्तालाई भिम अस्पतालको मेसुमा नियुक्त गरेको हो । उहा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहनु भएको थियो । गुप्ता गत बर्ष सोही अस्पतालमा मेसु रहनु भएको थियो । अघिल्लो सरकारले गुप्तालाई मेसुबाट हटाई अस्पतालमा नयाँ मेसु ल्याएको थियो। अस्पतालमा पदबहाली गर्नु भएको छ । उहाँलाई बिकास समितिका अध्यक्ष अस्पतालका कर्मचारी लगायतले स्वागत गरेका थिए । उक्त अबसरमा बोल्दै डा गुप्ताले आफुले पहिले सुधार गरेको र अब पनि आफुले पहिले सुरु गरेका कामहरुलाई निरन्तरता…
अस्पताल
फार्मेसी नै नपढी अनधिकृत औषधि विक्री गर्ने दुईजना पक्राउ
स्वास्थ्यसमाचार/ फार्मेसी मा बसेर अनधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानागाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसी मा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसी मा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए…
आयुर्वेद विभागको महानिर्देशकमा डा. केसी र ईडिसिडीमा डा. घिमिरे
स्वास्थ्यसमाचार/आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा। प्रदिप केसीलाई र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा। यदुचन्द्र घिमिरेलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै खालि रहेको विभागको महानिर्देशकमा डा। केसीलाई र ईडिसिडीमा डा। घिमिरेलाई नियुक्ति गरेका हुन्। त्यसैगरी भरतपुर अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिइएको छ। कोशी अस्पतालको मेसुमा रविनराज सिंह र चन्द्र भाल झालाई नारायणी अस्पताल सरुवा गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्दै बैज्ञानिक महावीर पुन
स्वास्थ्यसमाचार/ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्न पुगेका छन । उनलाई अस्पतालमा स्वागत गरेका छन। भने उनको किताब किन्न अस्पतालका चिकित्सक नर्स तथा अन्य कर्मचारीको भिड रहेको थियो। किताब बेच्न देश दौडाहमा रहेको पुन आज लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका हुन। आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर गत उनी काठमाडौंबाट निस्केका थिए्। उनी रुपन्देहीका तथा देशका धेरै जिल्लाका बस्ती बस्तीमा किताब बेचेका छन । ‘किताब बजारमा आएको त असोजमै हो, तर यसरी देश दौडाहामा हिँडेको चाहिँ लामो समय भएको उहाले…
लुम्बिनीको नीति कार्यक्रम :सहज स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेश गरेको छ। सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेका हुन्। नीति तथा कार्यक्रममा बाल मृत्युदर, मातृ मुत्युदर, कुपोषण घटाउने, सबैलाई सहज स्वास्थ्य सेवासहित संघीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचालन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ। [pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/06/niti-tatha-karyakram.pdf” title=”niti tatha karyakram”]
महिनाभित्रै लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा दोब्बरले वृद्धि हुन्छ : मेसु ढकाल
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । उनले शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गरेका छन् । अस्पतालमा सोमबार मेसुको रुपमा पदभार ग्रहण गर्दै ढकालले सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता गरेका हुन । अस्पतालमा हाल प्रसूती कक्षतर्फ दैनिक १५/२० वटा शल्यक्रिया हुने गर्दछ भने अन्यतर्फ मेजर तथा माइनर अपरेशन (शल्यक्रिया) दैनिक २० वटासम्म हुने गरेको छ । दोस्रो कार्यकालका लागि मेडिकल…
लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु डा.ढकालद्वारा पदभार ग्रहण
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु डा.ईन्द्र ढकालले पदभार ग्रहण गर्नु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा उहाले आज पदभार ग्रहण गर्नु भएको हो । डा.ईन्द्र ढकाललाई जेठ १८ गते लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको निर्णय अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको थियो। अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौं कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताउनु भयो। शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गर्नु भयो। ढकालले सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता जनाउनु…
लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा.नन्दु पाठक :ओम बानियाँ
नाम सुनेको थिएँ तर भेट भएको थिएन । २०७२ सालको कात्तिकमा लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा.नन्दु पाठकसँग उनकै घरमा भेट भयो । मैले आफ्नो परिचय दिएँ, बसोबासको ठाउँ बताएँ । डा. नन्दु मुसुक्क हाँस्दै बोले, ए, म त हजुरको घरमा गएको छु नि २० वर्ष पहिला साइकल चढेर । तपाईको घर चोकबाट पूर्वपट्टि, बाटोको बायाँतर्फ छ है भन्दै नन्दुले मेरो घरको लोकेसन, घरको रंग, कोठा तथा सिढी फेहरिस्त लगाए । त्यसताका नन्दु पाठक बुटवल बहुमुखी क्याम्समा आइएससी पढ्दै रहेछन् र उनी मेरो मामाको छोरा, राम भाइका सहपाठी रहेछन् । त्यसबेला…
लुम्बिनी प्रादेशिक,भिम ,कपिलबस्तु,र परासी अस्पतालका मेसु परिवर्तन
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका चार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन। प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा गरेको हो। स्वास्थ्य मन्त्री दिपेन्द्र पुनका अनुसार गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वी चन्द्र अस्पताल परासी र डा.शकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई बनाउने निर्णय भएको छ । बिगत लामो समय देखी गुल्मीमा मेसु…
लुम्बिनीका स्वास्थ्य सचिव डा उपाध्यायको पदबहाली र पन्थीको बिदाई
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले पदभार ग्रहण तथा वर्तमान सचिव डा जनार्दन पन्थीको बिदाई गरेको छ। स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा संघबाट सरुवा भएर आउनु भएको डा उपाध्यायको स्वागत तथा पदबहाली तथा वर्तमान सचिब पन्थीको बिदाई गरेको हो। लुम्बिनीमा सचिब भएर आउनु भएका डा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक हुनुहुन्थ्यो । पदभार ग्रहण गर्दे डा उपाध्यायले मृत्युदर घटाउन स्वास्थ्य कार्यालय मार्फत चरण बध कार्यक्रमहरु सन्चालन गरिने वताउनु भयो । त्यस्तै उहाले नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य प्रबर्द्धन गर्न आयुर्वेद कार्यक्रम हरु थप प्रभावकारी बनाउनेस्वास्थ्य क्षेत्रको सुधार गर्दै…