पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छातीको माझमा दुख्ने समस्या लिएर धेरैजना अस्पताल आउने गर्छन् । यस्तो समस्या देखिनसाथ हामी ‘ग्याष्ट्रिक भयो’ भन्छौं ।
तर, सबै अवस्थामा यो ग्याष्ट्रिक नहुन सक्छ ।
के त्यसो भए यो अल्सरको कारण हो त रु कतिपय यस्तो प्रश्न पनि गर्छन् ।
अल्सर हुँदा पेटको दुखाई बढ्छ, कतिपयलाई बान्ता हुन्छ, खान मन लाग्दैन । यो समस्या बढ्दै गएमा दिसा कालो पनि हुन्छ । तर, सबैमा ग्याष्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि सक्छ । यसो भनिरहँदा पेटका हरेक समस्या ग्याष्ट्रिक र अल्सर मात्र हुँदैनन् ।
कति बिरामी ग्याष्ट्रिक र अल्सर नभएर पेट एवं खाना नलीलाई असर गर्ने समस्याबाट ग्रसित हुन्छन् । तर, साधारण ग्याष्ट्रिक भनेर उपचारका लागि चक्कर लगाइरहेका हुन्छन् । जबकि यो फरक समस्या पनि हुनसक्छ ।
सामान्यत आमाशयले एसिड पैदा गर्छ । यो एसिडले खानेकुरा पचाउन र किटाणुबाट बचाउन मद्दत गर्छ । तर, जब यो एसिडको मात्रा धेरै हुन्छ, कसैको खानानली र पेट जोड्ने भाग खुकुलो भएर आउँछ । यतिबेला पेटको एसिड छाती वा घाँटीसम्म आइपुग्छ । त्यसलाई रिफ्लक्स ९ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज० भनिन्छ । यस्तो किन हुन्छ त ?
यसमा एउटा मात्र जवाफ छैन । जस्तो कहिले काहीँ पेटको एसिड बढाउने खानेकुरा खाइएको बेला, कहिले खानसाथ सुतेको अवस्थामा, कहिले लामो समयसम्म खाली पेट बसको अवस्थामा एसिड बढ्ने वा घाँटीतरि आउने हुनसक्छ ।
यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्किए जस्तो हुने, केहि चिज खाएपछि अमिलो डकार आउने, अमिलो पानी आउने, सुख्खा खोकी लाग्ने आदि समस्या हुन्छ । खासगरीी सुतेको बेला वा बिहानीपख यस्तो समस्या बढ्छ ।
यसको मूल जड भनेको खराब खानपान नै हो । चिल्लोचाप्लो, मसलेदार, जंकफुड, माछामासु धेरै खाएमा सहजै पच्दैन । त्यसैगरी मदिराले पनि यसमा थप समस्या ल्याउँछ । मानसिक चिन्ता, तनावले पनि पेटमा समस्या पैदा गर्छ । जथाभावी खानपान गर्ने युवाहरु, मोटोपन भएका व्यक्ति आदि समेत यस्ता समस्याबाट ग्रसित भइरहेका हुन्छन् ।
प्राय रिफ्लक्स भएका व्यक्तिहरु ‘ग्याष्ट्रिक’ भनेर उपचार खोजिरहेका हुन्छन् । समस्याको सही पहिचान नहुँदा ग्याष्ट्रिककै औषधि खाइरहेका हुन्छन् । औषधि खाँदा हल्का निको भएको अनुभव हुन्छ । तर, औषधि छाड्नसाथ सो समस्या ज्यूँको त्यूँ रहन्छ ।
यदि लामो समयसम्म ग्याष्ट्रिकको औषधि खाइहँदा पनि निको भएन भने रिफ्लक्सको समस्या भएको हुनसक्छ । किनभने अहिले यस्ता समस्या भएका लिएर आउनेहरु बढेका छन् । किन र?
१) चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग ।
२) जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पटे, पानीपुरी, दालमोठ, चाउचाउ, तेल–घिउमा फ्राइ गरेको, पकौडा, समोसा, निम्किन, चकलेट, चना, केराउ स्थायी खाजाको रुपमा खाने ।
३) लामो समयसम्म खाली पेट बस्ने, खानपिनको समय तालिका नमिलाउने, घरबाहिरको खाजा बढी खाने ।
४) दुइ छाक टन्न खाने ।
५) दूध चिया र कफी बढी पिउने
६) चकलेट, कोक, फ्यान्टा जस्ता कृतिम पेय पदार्थको बढी प्रयोग ।
यसले पेटको अनेक समस्या निम्त्याएको छ । त्यसैले सो समस्याबाट बच्नका लागि यस्ता खानपान त्याग्नु जरुरी छ । साथसाथै निम्न कुरामा पनि ध्यान दिनुपर्छ ।
–सही ढंगले सही मात्रामा पानी पिउने ।
–फाइबरयुक्त सागसब्जी खानामा सामेल गर्ने ।
–मौसमी फलफूल र ताजा सलाद दिनहुँ खाने ।
–एकैसाथ धेरै खानेकुरा नखाने । दिनमा तीन–चार पटक थोरै थोरै खानेकुरा खाने ।
–राती सुत्नुभन्दा दुई घण्टा अगाडि नै खाने । रातीको खाना हल्का र सुपाच्य हुनुपर्छ ।
–शारीरिक रुपमा सक्रिय रहने । चिकित्सकको सल्लाह अनुसार औषधि खाने ।
पेट तथा कलेजोरोग विशेषज्ञ प्राध्यापक डासुवास भट्टराई पोखराको पृथ्वीचोकस्थित ग्यास्ट्रो केयरमा आबद्ध छन् ।अनलाईनखबरबाट ।
प्रतिकया दिनुहोस्