स्वास्थ्य मन्त्रालयले सङ्क्रामक रोगमा सूचीकृत गर्‍यो ५२ रोग

(सूचिसहित)

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड(१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तीपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको जानकारी दिए ।

सम्बन्धित शिर्षक :