बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए। उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए। यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन्। पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको…

पीडितको सारथी बन्दै लुम्बिनी प्रादेशिक अस्पतालको ओसिएमसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडितको सारथी बन्दै गएको छ । लैङ्गिक हिंसा र यौनजन्य हिंसाका घटनाका पीडितहरूको लागि निःशुल्क स्वास्थ्य उपचार, परामर्श र हेरचारमा पहुँच बढ्दै गएपछि पुनस्थापना गृह पीडितका लागि सारथी बनेको हो । भैरहवाकी १४ वर्षीया बालिका ३० वर्षीय दाजुबाट ०८० असार १५ गते बलात्कृत हुनुभयो । बलात्कारको शिकार हुनुभएकी बालिकाको पेटमा सात महिनाको गर्भवती भएको थाहा भयो । अन्य बालिकाभन्दा फरक र बौद्धिक रूपमा समस्या हुनुभएकी बालिका सामान्य नभएकै कारण आफ्नो पीडा कसैलाई भन्न सक्नुभएन । बालिका भन्नुहुन्छ, दाईले मलाई…

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बने डा. बासुदेव उपाध्याय

स्वास्थ समाचार ।लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. बासुदेव जनार्दन उपाध्यायले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए । उपाध्यायलाई सचिवको जिम्मेवारी दिएसंगै लुम्बिनीका स्वास्थ्य सचिव डा जनार्दन पन्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन् । २७ बैशाखको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको स्वास्थ्य सचिव पनि परिवर्तन गरेको छ । त्यहाँ डा राधिका थपलियालाई सचिवको जिम्मेवारीमा पठाएको छ भने…

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन

स्वास्थ्यसमाचार/उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । पहुँच र पावरको भरमा हिरासत छल्ल उच्च पदस्थहरु स्वास्थ्यलाई बहाना बनाएर अस्पताल बस्ने परिपाटी रहेको जनस्तरमा गुनासो बढेसँगै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएको बताइएको छ । गृहमन्त्री लामिछानेले अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैस् उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण…

देशभरिका १४ लाख ६२ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

स्वास्थ्यसमाचार/सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपीभी’ लगाइने उनको भनाई छ । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको डा.गौतमले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो । सन् २०१६ देखि…

“सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा नविकरण गर्न आग्रह

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलले प्रदेश भित्रका “सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा केन्द्र तथा ब्लड बैंकहरु अनुमती तथा नविकरण गर्न अनुरोध गरेको छ ।कार्यालयले बैशाख २१ गते पहिलो पटक सूचना प्रकाशित गरी नविकरण तथा स्थापनाको लागि आग्रह गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली (पाचौं संशोधन सहित) नियमावली २०८० अनुसार प्रदेश भित्रका “सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा केन्द्र तथा ब्लड बैंकहरुको स्थापना, संचालन अनुमती तथा नविकरण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने हुदा इच्छुक स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशन भएको मितिले…

गर्मी बढेसंगै स्वास्थ्यमा असर पर्ने भन्दै बुटबलले दियो २ दिने सार्वजानिक बिदा

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगर भित्रका सबै बिद्यालयमा सार्वजनिक बिदा दिएको छ। बुटवल उपमहानगर पालिकाले आज एक सार्वजनिक सुचना जारी गर्दै बैसाख २० र २१ गते बिद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सुचनामा केहिदिन यता तातो हावा चल्न थालेकोले बिद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले बैसाख २० गते बिहिवार र २१ गते सुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिईएको छ। गर्मीले बिद्यार्थीहरुमा समस्या देखिएकोले बिद्यालय बिदा दिनुपर्यो भन्ने अभिभावकहरुको समेत गुनासो र सुझावका आधारमा…

डाक्टरमाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

स्वास्थ्यसमाचार/काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा डा बिनिता प्रधान र डा पूजा शाहमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्तिमा भनेका छन् । उपचारमा कुनै त्रुटि भएको शंका लागे…

UCMS’s ’25th General Assembly’ treated more than 1 lakh 50 patients annually

Health News / The 25th Annual General Meeting of Universal Institute of Advanced Studies and Research Center Pvt. Ltd. (UCYMUS Teaching Hospital) has been completed in Bhairahawa. The ’25th Annual General Meeting’ was held under the chairmanship of UCMS Teaching Hospital President Ramesh Sharma and company secretary Raju Basnet Chhetri. The managing director of the organization, Khuma Aryal, expressed his opinion on the questions and inquiries raised by the shareholders participating in the general meeting. The annual report presented by Chairman Ramesh Sharma and the financial statements presented by Company…

बुटबलमा उपचार पद्धतिको बारे चिकित्सकहरु बिच अन्तरक्रिया

स्वास्थ्यसमाचार/  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको आयोजनामा काठमाण्डौ तथा बुटबलका चिकित्सक बिच उपचार नयाँ पद्धतिको वारेमा अन्तरक्रिया भएको हो। बर्तमान अबस्थामा औषधीको क्षेत्रमा भएको परिवर्तन अबस्था र उपचारमा प्रयोग गरिने बिधीबारे चिकित्सकहरु लाई अन्तरक्रिया गरेको हो। चिकित्सकहरुको अन्तरक्रिया बिभिन्न बिषयमा बरिष्ठ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। राप्ती बिज्ञान प्रतिष्ठानका डाइरेक्टर तथा जेरीयाट्रीक बिशेषज्ञ डा. रमेश मान कडेंलले कार्यपत्र प्रस्तुत गर्दे ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक को उपचारमा अपनाउनु पर्ने अबस्था औषधीको प्रयोग र गलत औषधीले निम्ताउने समस्याहरु लाई कसरी उपचारमा सहज बनाउने भन्ने बिषय मा कार्यपत्र प्रस्तुत गर्नु भएको…