जीनोमिक डायग्नोस्टीक ल्याब्रोरेटोरी सातौ बर्षमा प्रवेश

स्वास्थ्यसमाचारर बुटवल उपमहानगरपालिका वडा नम्बर ६ हस्पिटल लाईनमा रहेको जिनोमिक डायग्नोस्टीक ल्याब्रोरेटोरी प्रालि सातौ बर्षमा  प्रवेश गरेको छ । सातौ बर्ष प्रवेशको अवसरमा एक औपचारिक कार्यक्रम गरी बार्षिक उत्सव मनाइएको हो ।

मानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याथोलोजिष्ट सरिता शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नारायण भण्डारीको स्वागत र प्रबन्ध निर्देशक रमेश पाण्डेको सञ्चालनमा भएको हो ।

कार्यक्रममा सुमन सापकोटा, बायोक्यामिष्ट्री अस्मिता खड्का, सल्लाहकार गुणानीधी खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्थापनाको छैठौ बर्ष सम्म आउँदा ल्याब्रोरेटोरीले विभिन्न स्थानमा हेल्थ प्याकेज कार्यक्रम समेत गर्दै आएको छ । गुणस्तरीय रिर्पोटमा एकरुपता ल्याउनको लागि आधुनिक टेक्नोलोजीको प्रयोग गरिएको ल्याब्रोटेरीले जनाएको छ ।

ल्याब बुटवलमा सञ्चालित प्रयोगशाला कर्मीहरुबाट सञ्चालनमा ल्याइएको हो । जसमा अन्तराष्ट्रिय गुणस्तर एफडीएद्धारा प्रमाणित मेसिन तथा उपकरण प्रयोग गरिएको छ । जुन प्रयोगशाला इन्टरनेशनल क्वालिटी कन्ट्रोलमा समेत सहभागी भएको छ ।

 

सम्बन्धित शिर्षक :