साउन २१ देखी विमा उपचार सेवा बन्द गर्दै मिशन अस्पताल तानसेन

स्वास्थ्यसमाचार/युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हुने उपचार स्थगित गर्ने भएको छ। करोडौँ बक्यौता रकम नतिरेको भन्दै स्थागित गर्न लागेको हो।

यही साउन २१ गतेदेखि यो कार्यक्रम स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बाँकी बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताए। उनका अनुसार विगत तीन वर्षदेखिको बाँकी बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले दिएको छैन।

करिब १९ करोड मध्ये गत असार मसान्तमा ५ करोड दिएको उनले बताए। ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम कटौती गरेको छ। अस्पतालले पाउनुपर्ने खर्च रकम मध्यको ३० प्रतिशत रकम कटौती भएको उनले बताए।

यसरी अस्पतालले सबै उपचार पद्दतिका बिल भरपाई दिँदा समेत रकम कटौती गर्दा अस्पतालले नोक्सानी बेहोर्नु परेको भट्टराईले गुनासो गरे।स्वास्थ्य बीमा बोर्डको दररेट यस अस्पतालको दररेट भन्दा धेरै कम छ। स्वास्थ्य बीमा बोर्डले समयमै भुक्तानी दिंदैन्।

विना कारण दाबी गरिएका रकम अस्वीकृत गर्ने प्रवृतिले अस्पताल सञ्चालनमा समस्या भएको अस्पतालका निर्देशक डाक्टर रचेल कारखले बताइन्। अस्पतालमा दैनिक आवश्यक पर्ने औषधि खरिद गर्न र कर्मचारीलाई तलब समेत दिन सक्ने अवस्था नरहेको उनले सुनाइन्।

सरकारले अस्पतालको गुणस्तरलाई ख्याल गरेर सेवा बीमा सम्बन्धि सम्झौतालाई प्रभावकारी बनाउन उनले माग गरिन्। सरकारले नै तलब भत्ता दिएर सञ्चालन गरेको सरकारी अस्पतालजस्तो मिसन अस्पताल होइन। सबै खर्च अस्पताल आफैले ब्यहोर्नु परेको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गरिएका रकम भुक्तानी दिन सरकारले आनाकानी गरिरहेको उनले बताइन्। सरकारले ल्याएको स्वास्थ्यबीमा कार्यक्रम र अस्पतालको उद्देश्य मेल खाँदाखाँदै पनि सरकारले गरेको ब्यवहारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको कारखले बताइन्।

मिसन अस्पतालले आर्थिक अभाव भएका, वेवारिसे, साहारा विहिन, अलपत्र अवस्थामा फेला परेका बिरामी मानिसको पनि उपचार गर्दै आएको छ। सामाजिक सेवाअन्तर्गत शाखाको सहयोगमा उनीहरूको निःशुल्क उपचार गर्दै आएको उनले बताइन्।

अस्पतालले २०७४ साल वैशाखदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दैका आइरहेको छ। यहाँ दैनिक ५ सय बढी बिरामीले सेवा लिने गरेका छन्।पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, पर्वत, अर्घाखाँची, बागलुङ, लगायतका जिल्ला र छिमेकी देश भारतदेखि उपचार गर्न आउँछन्।

पाल्पामा रहेको अर्को लुम्बिनी मेडिकल कलेज प्रभासमा पनि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत यसअघि नै रोकिएको छ। यो सेवाबाट यहाँ पनि उपचार हुँदैन। अब यहाँका बिरामी यो सेवा लिनकै लागि अन्यत्र धाउनुपर्ने बाध्यता हुनेछ।

 

सम्बन्धित शिर्षक :