पाल्पामा स्वास्थ्यका सुचक सुधारमा लागेका छौ :डा. राजेन्द्र गिरी

(भिडियो अन्तरवार्ता)

पाल्पा जिल्लामा विगत २ बर्ष देखि स्वाथ्य कार्यालयमा कार्यरत डा. राजेन्द्र कुमार गिरी ले पाल्पा जिल्लामा कार्यरत रहंदा स्वाथ्य क्षेत्रको सुधार को लागि धेरै काम गरेका छन् । संघ र स्थानीय तहको वीचमा प्रदेश सरकारको भूमिकामा समन्वय र सहकार्यबाट अगाडी बढेका प्रमुख डा. गिरी संग गरिएको कुराकानी ।

स्वाथ्य कार्यालय पाल्पाले के के काम गरिरहेको छ ?

स्वाथ्य कार्यालय पाल्पाको संघीयता कार्यान्वय पछि भूमिका समेत फेरिएको छ । खासगरी प्राविधिक विषय भएको कारण समन्वयात्मक कार्यालयको रुपमा हामी रहेका छन् । क्षमता अभिवृद्धि गर्ने स्वाथ्य कार्यक्रम, गुणस्तरीय सेवा अभिभवृद्धिमाा हामी लागेका छौ । पालिका स्तरमा जनस्वास्थ्य कार्याक्रम र स्वाथ्य सेवालाई के केसरी गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा र तथ्यांक व्यवस्थापन र सूचक व्यवस्थापन गर्नेमा हामी अलि बढि केन्द्रीत भएर काम गर्दै छौ ।

पाल्पा जिल्लामा स्वाथ्य सूचकांक को अवस्था कस्तो छ ?

गुणस्तरीय आधारभुत स्वाथ्य सेवा घरदैलो र संविधानले नै प्रदत गरेको सेवा सेवा प्रवाहमा हामी लागिपरेका छौ । हामी मातृशिसुमृत्युर र नवजात शिशु मृत्युसमेत पाल्पामा उच्च छ । यसको अलवा नसर्ने रोग बढ्दै गएको छ । यो देशभरकै समस्या हो । गुणस्तरीय स्वाथ्य सेवा प्रदान गर्नको लागि अहिले पनि चुनौति छ । मातृ मृत्युदर समयमा नै रोक्न सकिने लाई चुनौतिको रुपमा रहेको छ ।घरमा नै सुत्केरी गराउने आमाहरूको संख्या भने घट्दै गएको छ । दक्ष जनशक्ति, प्रसुतीकर्मीबाट सुत्केरी गराउनेको संख्या विगत २ बर्षमा असाध्यै राम्रो हुदै गएको छ । समयमा नै सुत्केरी हुने अवस्थामा दक्ष जनशक्तिबाट मात्रै गराउने सेवा प्रवाह बढ्दै गएको छ ।

जिल्लामा भएका सुधारका काम के के छन् ?

पाल्पामा जनस्तरबाट नै धेरै जनचेतना अभिवृद्धि भएको छ । ४ पटक गर्भ जाँच गर्नेमा धेरै सुधार भएको छ । यसको अझ गुणस्तरीयता बढाउनुपर्ने भने आवश्यक छ । स्वाथ्य श्वासप्रश्वास र झाडापखालाको दर घटेको छ । तर नसर्ने रोगको संख्या भने बढ्दै गएको छ ।जुन चुनौतिको रुपमा रहेको छ । मानिसकी स्वाथ्य र नसर्ने रोगको समस्या, आत्म हत्याको दर बढेको छ । जुन लुकाई हामी जिल्ला समन्वय समिति, पालिका स्तरमा यो विषयमा छलफल गरेका छौ । यो विषयमा अगाडी बढ्नुपर्ने हुन्छ ।मुटु, किड्नी, डायबेटीज, स्वाश्प्रस्वासको समस्या भने बढ्दै गएको छ ।

जीवनशैलीमा परिर्वतन गरेमा के कस्ता फाईदा हुन्छन् ?

व्यवहार परिर्वतन, जीवन शैलीलाई परिर्वतन गर्न आवश्यक छ । पुर्वीद दर्शनअनुसार रैथाने बाली, उपभोग गर्ने तर्फ समेत ध्यान दिन आवश्यक छ । जसले नसर्ने प्रकृतिका रोग निवारणमा ठुलो भूमिका निर्वाह गर्ने छ । पाल्पामा गत बर्षमा ५ सय डेंगुको केस गत बर्ष पाल्पामा थियो । जुटोटिक रोगको पनि समस्या छ । पाल्पालाई पहाडी जिल्ला भएपनि डेंगुको समस्या छ जुन समस्याको । यसलाई थप जिम्मेबारी भएर अगाडी बढाउनुपर्ने देखिएको छ ।

स्वाथ्य संस्था सुधारको लागि छ अवस्था ?

स्वाथ्य संस्थाको गुणस्तरियताको लागि आधारभुत स्वाथ्य केन्द्रमा के कस्तो सुविधा, शुसासन, नेतृत्व, क्लिनिकल अपेक्षा, स्वाथ्य सुविधा लगायतको विषयमा सुधार गर्न आवश्यक छ । यो स्वाथ्य संस्थामा उचित किसिमले भएका छन् या छैन भन्ने विषयमा ख्याल गर्न पर्ने अवस्था छ । पछिल्लो समयमा खोपको कभरेज बढेको छ , झाडापखला जन्य रोग घटेको छ । यी रोगको विषयमा बहुआयामिक रुपले अगाडी बढ्न आवश्य छ । तीन तहको सरकारले यो विषयमा ख्याल गर्न आवश्यक छ ।

आगामी योजना के छ ?

स्वाथ्य कार्यलयको भूमिका समन्वयकारी भूमिका रहेको छ । प्रदेश, स्थानीय र संघीय कार्यक्रमको वीचमा संख्यात्मक कार्यक्रम रहेको छ । यसमा सरुवा रोग निवारण, कुष्ठरोग निवारण, खोप कार्यक्रम, आधारभुत ९८ प्रकारका सेवा निःशुल्क प्रदान गर्ने लगायतको विषयमा हामी संख्यात्मक भुमिका खेलेका छौ । जसको प्राविधिक सेवा अभिवृद्धि, तथ्यांकको व्यवस्थापनमा महत्पूर्ण भूमिका निर्वाह गर्दै गएका छौ ।

 

 

सम्बन्धित शिर्षक :