रुपन्देहीका स्वास्थ्य परिक्षण स्थलका स्वास्थ्यकर्मीलाई पीपीई सहयोग

स्वास्थ्यसमाचार /स्वास्थ्य सुरक्षा कवचको अभावमा जोखिमा बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई यहाँको एक संस्थाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।

मुलुकमा कोरोनाको संक्रमित फेला परिरहे पनि सरकारले स्वास्थ्यकर्मीलाईं हालसम्म पनि पीपीई उपलब्ध गराउन सकेको छैन । कतै पलाष्टी त कतै नर्मल पोलिथिन बेरेर दयनीय अवस्थामा स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन् ।

रिलायन्स फाइनान्सको सहकार्यमा लायन्स क्लब इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ बी टु अन्र्तगत एरिया फोरले रुपन्देही जिल्लाका विभिन्न स्वास्थ्य परीक्षण स्थल (अस्पताल, क्वारेन्टाइन) मा पीपीई प्रदान गरेको हो ।

विश्वमा कोरोना संक्रमण बढ्दै गइरहेको र मुलुकमा पनि देखा परेको अवस्थामा पनि स्वास्थ्यकर्मी जोखिममा काम गरिरहेको देखिएपछि उनीहरुलाई पीपीई उपलब्ध गराइएको लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ बी टु अन्र्तगत एरिया फोरका संयोजक विनोद खरेलले बताए ।

उनका अनुसार क्लबले बुटवल कोरोना विशेष (अस्थायी) अस्पताललाई चार थान, बुटवल लायन्स आँखा अस्पताललाई दुई थान, भीम अस्पताल भैरहवालाई तीन थान, लुम्बिनी र मर्चवारमा निर्माण भएका क्वारेन्टाइनका लागि दुईरदुई थान पीपीई प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक :