प्रदेश ५ ले चीनबाट ल्याएको कोरोना परीक्षण मेसिन पाउने

प्रदेशमा तत्कालै एक थान पठाउने सरकारको निर्णय

स्वास्थ्यसमाचार/ सरकारले चीनबाट ल्याएको कोरोना परीक्षण गर्ने पोर्टेबल मेसिन चार वटा प्रदेशमा वितरण गर्ने निर्णय भएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतवार बसेको बैठकले चीन सरकारले पाठएको कोरोना परीक्षणको पाँच थान मेसिन मध्ये चार वटा प्रदेशमा दिने र एक थान काठमाडौंमा नै राख्ने निर्णय गरेको हो ।

पोर्टेबल मेसिन प्रदेश २ मा एक थान, प्रदेश ५ मा एक थान, कर्णाली प्रदेशमा एक थान र सुदूरपश्चिम प्रदेशमा तत्कालै एक थान पठाउने भएको हो । प्रदेश १ मा आइतवारबाटै नमूना परीक्षण सुरु भएकाले त्यहाँ हाललाई पोर्टेबल मेसिन आवश्यकता नभएको जनाइएको छ ।

सम्बन्धित शिर्षक :